• ८ जेठ २०८१, मङ्गलबार

लोहन्द्रा खोलामा पुल निर्माण

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, साउन ११ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सुनसरी मोरङ सिँचाइ आयोजनाले निर्माण गरेको मोरङको बेलबारी–५, कसेनीस्थित  लोहन्द्रा खोलाको पक्की पुलको उद्घाटन गर्नुभएको छ । लोहन्द्रा खोलाको पुलसँगै पुलमुनिको साइफन २०७४ साल साउन २८ गतेको बाढीले भत्काएपछि त्यसयता लोहन्द्रा खोला पूर्वको ११ हजार हेक्टर जमिनमा सिँचाइ हुन सकेको थिएन ।

त्यस व्रmममा मन्त्री मोदीले ढिलै भए पनि किसानको आवश्यकता पूरा भएको बताउँदै लोहन्द्राको हेडबक्स निर्माणका लागि थप बजेट विनियोजनमा पहल गर्ने उल्लेख गर्नुभयो । उहाँले किसानका समस्यालाई गम्भीरताका साथ लिन आग्रह गर्दै सुनसरी मोरङ सिँचाइ आयोजनाको पुनर्संरचनाका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । तोकिएको समयभन्दा अगावै काम सम्पन्न भएको भन्दै मन्त्री मोदीले निर्माण कम्पनीका सन्तोष बस्नेतलाई धन्यवाद दिनुभयो । 

सुनसरी–मोरङ सिँचाइ आयोजनाका प्रमुख इन्जिनीयर भिलानन्द यादवले भन्नुभयो, “साइफन निर्माणका लागि आयोजनाले ४५ करोड २५ लाख २६ हजार ४५७ रुपियाँको लागत अनुमान तयार गरेको थियो । टेन्डर आह्वानपछि स्वामी नारायण तथा आशीर्वाद जेभीले २९ करोड ९७ लाख ५६ हजार ७७१ रुपियाँमा निर्माण गर्ने ठेक्का लिई २०८० को भदौ ३० गते निर्माण सम्पन्न गरेर साइफन आयोजनालाई हस्तान्तरण गर्ने सम्झौता भएको थियो । निर्माण कम्पनीसँग विभागले २०७६ फागुन ३० गते सम्झौता गरेको थियो । २०७७ को वैशाखदेखि काम थालेको निर्माण कम्पनीले बजेट निकासा ढिलो भए पनि काम नरोकेको आयोजना प्रमुख यादवको भनाइ छ । 

खोलामा १६५ मिटर लामो दुई लेनको पुल निर्माण भएको छ । सुनसरी–मोरङ सिँचाइ आयोजनाको उक्त नहरबाट मोरङ र सुनसरीको ६८ हजार हेक्टर जमिन सिञ्चित हुँदै आएको छ । सुनसरी–मोरङ सिँचाइ आयोजनाले ६८ हजार हेक्टर अर्थात् करिब एक लाख बिघा क्षेत्रफलमा खेती गर्न सिँचाइ सुविधा पु¥याउँदै आएको छ । इन्जिनियर यादवले पुराना संरचना धेरै जीर्ण भइसकेकोले पुनर्निर्माण गर्नुपर्ने बताउनुभयो । 

इन्टेकबाट प्रतिसेकेन्ड ६० क्युसेक क्षमतामा पानी आउने गरेको छ । नहरको क्षमता ५२ क्युसेक प्रतिसेकेन्ड हो । अहिले ५० देखि ५५ क्युसेकसम्म चलाइरहेको बताउँदै यादवले हिउँदमा ३५ देखि ४० क्युसेकसम्म पानी आउने गरेको छ । सुनसरी–मोरङ सिँचाइ आयोजना कोशी सम्झौता अन्तर्गत सन् १९५४ बाट निर्माण काम अगाडि बढेको थियो । कोशी प्रदेशका सांसद जयप्रकाश चौधरी, बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, उपप्रमुख नितु थापा कोइरालालगायतको सहभागिता रहेको कार्यव्रmम चतरा मूल नहर उपभोक्ता समितिका अध्यक्ष तपनलाल दासको सभापतित्वमा भएको थियो ।