• २० असोज २०८१, आइतबार

चार्जिङ स्टेसन सञ्चालनको तयारी

blog

रङ्गेली समाचारदाता

विराटनगर, साउन २७ गते । विराटनरमा आगामी भदौदेखि सवारी चार्जिङ स्टेसन सञ्चालनमा आउने भएको छ । विराटनगर–११, बसपार्क परिसरमा निर्मित चार्जिङ स्टेसन प्राविधिक परीक्षणपछि सञ्चालनमा आउने छ । नेपाल विद्युत् प्राधिकरणले विद्युतीय सवारी चार्जका लागि निर्माण गरेको स्टेसनको अहिले प्राविधिक परीक्षण भइरहेको छ । प्राविधिक परीक्षणपछि यसको औपचारिक सञ्चालन हुने छ । चिनियाँ ठेकेदार कम्पनी ‘वानब्याङ डिजिटल इनर्जी कम्पनी’ र नेपाल विद्युत् प्राधिकरणबिचको सम्झौता अनुसार देशभर ५१ चार्जिङ स्टेसन निर्माण भएको हो । 

कम्पनीका नेपालस्थित प्रतिनिधि कम्पनी 

‘दिगो’ कार्यक्रमका व्यवस्थापक शिव अधिकारीका अनुसार कोशी प्रदेशका नौ स्थानमध्ये अब विराटनगर र इटहरीका स्टेसन भदौदेखि सञ्चालनमा आउने छन् । झापाको बिर्तामोडमा दुई, दमकमा दुई, सुनसरीको इनरुवामा एक, उदयपुरको बेलकामा दुई वटा चार्जिङ स्टेसन सञ्चालनमा आइसकेका छन् । इटहरी र विराटनगरमा निर्माणको काम सकिएकाले अब प्राविधिक परीक्षण सुरु गरिएको हो ।