• २० असोज २०८१, आइतबार

डेरीमा आगलागी हुँदा ३० लाख बढी क्षति

blog

फिदिम ३ लालिखर्कस्थित मिना डेरी उद्योगमा आगलागीपछि जलेका सामग्री। तस्बिरः जिल्ला प्रहरी कार्यालय पाँचथर ।

राधा लुइटेल

फिदिम, साउन २७ गते। पाँचथरको फिदिम नगरपालिका ३ लालिखर्क स्थित ‘मिना दुग्ध डेरी उद्योग’मा शनिबार अपरान्ह आलगागी हुँदा ३० लाख रुपियाँ बराबरको क्षति भएको छ।

स्थानीय टीका राईले सञ्चालन गर्दै आएको उक्त डेरीमा अचानक सल्केको आगोले १० क्विन्टल छुर्पी, घीउ, दूध, क्रिम, दूध जाँच्ने सेनेलाइजर मेसिन र तौल मेसिन जल्दा यत्तिको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन थापाले बताउनुभयो।

अपह्न साढे तीन बजे सुरु भएको आगलागी स्थानीय र प्रहरीको प्रयासमा एक घण्टा पछाडि नियन्त्रणमा आएको थापाको भनाइ छ। आगलागीको कारण भने खुल्न सकेको छैन।