• २० असोज २०८१, आइतबार

मदन भण्डारी राजमार्ग अवरुद्ध

blog

मदन भण्डारी राजमार्गको कटारी नेपाल टार खण्डमा पर्ने मौवासि पुल नजिक खसेको पहिरो हटाउन प्रयास गरिँदै । तस्विरः भक्तिविलास पोखरेल

भक्तिविलास पोखरेल 

गाईघाट, साउन २८ गते । तीन दिनदेखि परेको पानीसँगै माथिबाट झरेको पहिरोले  सडक पुरेपछि मदन भण्डारी राजमार्गको गाईघाट नेपाल टार खण्डमा आइतबार बिहानैदेखि यातायात अवरुद्ध भएको छ ।

उदयपुरगढी गाउँपालिका ६ स्थित मौवासि खोला पुल नजिक माथिबाट एउटा सिङ्गै डाँडो खसेर सडकमा थुप्रिएकोले पहिरो पन्छाउन प्रयास भइरहेको भए पनि निकै समय लाग्ने हुँदा आइतबार दिनभरि नै सो सडक अवरुद्ध हुने गाई घाट दिक्तेल सडक आयोजना प्रमुख डिइ गोपालप्रसाद खकुरेलले बताउनुभयो ।

सडकमा थुप्रिएको माटो,लेदो,रुख र ढुङुगाहरु पन्छाउन आयोजना कार्यालयबाट डोजर एक्स्काभेटर लगायतका मेसिनहरू परिचालन गरिएको तर धेरै ठुलो पहिरो गएकोले थप मद्दतका लागि सशस्त्र र जनपद प्रहरी लगायतका सुरक्षा निकायको समेत सहयोग लिए जतिसक्दो चाँडो अवरुद्ध सडक सुचारु गराउन आफू लागिपरेको खकुरेलले बताउनुभयो ।