• २० असोज २०८१, आइतबार

घरमा आगलागी हुँदा एकको मृत्यु

blog

आगलागीले क्षतविक्षत भएको पाँचथर मिक्लाजुङ ७ का गोविन्द राईको घर ।

राधा लुइँटेल

फिदिम, साउन २४ गते । पाँचथरको मिक्लाजुङ गाँउपालिका ७, लेखगाउँमा घरमा आगलागी हुँदा महिलाको मृत्यु भएको छ । बुधबार बिहान खरको छानो भएको भान्साघरमा आगलागी हुँदा ५५ वर्षीय सरिता राईको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको हो ।

“आगलागी कसरी भयो भन्नेबारे खुल्न सकेको छैन र घटनाबारे थप अनुसन्धान भइरहेको छ”, जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन थापाले भन्नुभयो ।