• ५ जेठ २०८१, शनिबार

मोरङ क्रिकेट सङ्घमा सादबाबु

blog

सङ्घको निर्वाचित पदाधिकारी । तस्बिर : हरि कोइराला

उर्लाबारी समाचारदाता

उर्लाबारी, साउन ३० गते ।  नेपाल क्रिकेट सङ्घ मोरङको अध्यक्षमा मोहम्मद सादबाबु निर्विरोध निर्वाचित हुनुभएको छ । 

विराटनगरमा सम्पन्न पाँचौँ अधिवेशनबाट अध्यक्षमा मोहम्मद साद निर्विरोध निर्वाचित हुनु भएको हो । यस्तै उपाध्यक्षमा ऋषिबच्चन यादव, सचिवमा अशोक रेग्मी र कोषाध्यक्षमा रश्मि चौलागाईँ सर्वसम्मत चयन हुनुभयो । 

अध्यक्षमा निर्वाचित भएपछि मोहम्मद सादले भन्नुभयो–‘‘हाम्रो टिमको विगतमा भएका राम्रा कुरालाई साथ लिएर जिल्लामा क्रिकेटलाई थप सक्रिय बनाउने तर्फ ध्यान केन्द्रित हुनेछ । क्रिकेटका लागि आवश्यक मैदान निर्माणका लागि निकायमा पहल गर्नेछौँ ।’’ उहाँ पूर्व क्रिकेटर हुनहुन्छ । 

यस्तै कार्य समितिको सदस्यहरूमा रोशनकुमार बुढाथोकी,अम्बिका बुढाथोकी,रोजी राई, मनोजकुमार चौधरी, मनोज मण्डल, कुन्दन सिंह,सुनिल पौडेल, विवेक झा, प्रवीण भण्डारी, राजेश पोखरेल र सर्वजितराज पाण्डे सर्वसम्मत चयन हुनु भएको छ । 

नेपाल क्रिकेट सङ्घको केन्द्रीय अधिवेशन असोज पहिलो साता काठमाडौँमा हुँदैछ। कोशी प्रदेशका पाँच जिल्ला इलाम, झापा, सुनसरी, मोरङ र उदयपुरमा क्यानको शाखा रहेको छ । अधिवेशनका क्रममा सबै जिल्लामा सर्वसम्मत पदाधिकारी चयन भएका छन् ।