• २० असोज २०८१, आइतबार

कोशी प्रदेशका नवनियुक्त मुख्यन्यायाधिवक्ता कटुवालद्वारा शपथ ग्रहण

blog

उच्च अदालत, विराटनगरका कायममुकायम मुख्यन्यायाधीश सत्यमोहन जोशी थारुले नवनियुक्त मुख्यन्यायाधिवक्ता बुद्धिबहादुर कटुवाललाई पद तथा गोपनीयताको शपथ गराउनुहुँदै । तस्बिर : कोशी प्रदेश प्रमुखको सचिवालय

विराटनगर, साउन २९ गते । कोशी प्रदेशको मुख्यन्यायाधिवक्ता पदमा नियुक्त हुनुभएका बुद्धिबहादुर कटुवालले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

सोमबार प्रदेश प्रमुखको कार्यालय, विराटनगरमा नवनियुक्त मुख्यन्यायधिवक्ता कटुवाललाई उच्च अदालत, विराटनगरका कायममुकायम मुख्यन्यायाधीश सत्यमोहन जोशी थारुले प्रदेश प्रमुख परशुराम खापुङको समुपस्थितिमा पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

प्रदेश प्रमुख खापुङले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम कोशी प्रदेशको मुख्यन्यायाधिवक्ता पदमा सुनसरी जिल्ला वराहक्षेत्र नगरपालिका वडा नं. ३ का अधिवक्ता कटुवाललाई नियुक्त गर्नुभएको थियो ।