• २० असोज २०८१, आइतबार

भारतीय सवारी साधनको ठक्करबाट ज्यान गयो

blog

विष्णुप्रसाद पोखरेल

दमक, साउन ३१ गते । झापाको कमल गाउँपालिका वडा नं. ५ स्थित पाडाजुङ्गी सडक खण्डमा मङ्गलवार बेलुका सवारी दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ । 

विआर ११ एपी ४१४१ नम्बर प्लेटको भारतीय सवारी साधनले ठक्कर दिँदा कमल वडा नं. ४ का मे ७ प ४६४४ नम्बरको मोटरसाइकलमा सवारमा ६८ बर्षीय शान्तिराम खनाल (डोरप्रसाद)को ज्यान गएको हो ।

बेलुका ७ बजेतिरको समयमा  अत्यधिक गतिमा आएको भारतीय नम्बर प्लटेको कारले पाडाजुङ्गी स्थित गीता आयल सेन्टर नजिकै मोटरसाइकललाई ठक्कर दिएपछि खनाल गम्भीर घाइते बन्नु भएको थियो ।

 खनालको उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल ल्याउँदै गर्दा ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोकुमार लामाले बताउनु भयो । उहाँका अनुसार ठक्कर दिने सवारी साधन सहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।