• ४ जेठ २०८१, शुक्रबार

प्रदेश सभा बैठक आह्वान

blog

शशिधर पराजुली

विराटनगर, साउन ३० गते । कोशी प्रदेश सभाको बैठक भदौ १ गते दिउँसो बस्ने भएको छ । तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव असार १५ गते अस्वीकृत भए लगतै अर्को सूचना नभएसम्मका लागि स्थगित भएको बैठक ४५ दिनपछि बस्ने गरी सूचना प्रकाशित भएको छ । 

प्रदेश सभा सचिवालयले सोमबार सूचना प्रकाशित गरेर प्रदेश सभा बैठक भदौ १ गते शुव्रmबार दिउँसो १ बजे बस्ने जानकारी दिएको हो । प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीको हस्ताक्षरमा प्रकाशित सूचनामा सभामुखको निर्देशनमा बैठक बस्ने सूचना प्रकाशित गरेको उल्लेख छ । लामो समय प्रदेश सभाको बैठक स्थगित हुँदा प्रदेश सरकारले टेबुल गरेको स्थानीय तहका कर्मचारीसम्बन्धी अध्यादेशसहित दुई अध्यादेश प्रतिस्थापन विधेयक ल्याउन नसक्दा स्वतः निस्व्रिmय बनेको छ । 

सरकार गठन र विश्वासको मत लिनका लागि अङ्क गणितको समस्याका कारण सरकारले प्रदेश सभा बैठक सञ्चालन गर्ने विषय ओझेलमा पर्दै आएको छ । कोशी प्रदेश सरकारले अध्यादेश मार्फत ल्याएको बजेट भदौ ११ गतेभित्र प्रदेश सभाबाट स्वीकृत गर्नुपर्ने वा प्रतिस्थापन विधेयकको दर्ता गरी पारित गरिसक्नुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको छ । सो समयावधिभित्र बजेट पारित नभएमा प्रदेशमा बजेटसम्बन्धी नयाँ सङ्कट उत्पन्न हुनसक्ने भएकाले सरकारले भदौ १ गतेबाटै बैठक बोलाउन पहल गरिरहेको थियो । 

भदौ १ गते बस्ने बैठकमा बजेटसम्बन्धी अध्यादेशविरुद्ध दर्ता भएको सूचनामाथि छलफल गरी निर्णयार्थ प्रस्तुत गर्ने र सहमतिबाट अध्यादेश स्वीकृत गर्ने वा प्रतिस्थापन विधेयक ल्याएर बजेट पारित गर्ने तयारी सरकारले गरेको छ । साथसाथै मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने भएकोले १० गते अगाडि नै विश्वासको मत लिने उहाँको तयारी छ । एक सन्दर्भमा मुख्यमन्त्री थापाले भदौ पहिलो साताभित्रै विश्वासको मत लिने बताउनुभएको थियो । फेरि असार १४ गते तेस्रो अधिवेशन आह्वान भयो । तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि उक्त अधिवेशन आह्वान गरिएको थियो । कार्कीलाई प्रदेश सभाबाट विश्वासको मत प्राप्त भएन । त्यसपछि भने प्रदेश सभाको बैठक बस्नै सकेको थिएन ।