• २० असोज २०८१, आइतबार

पहिरोले फिदिम-रानिटार-लुङरुपा सडक अवरुद्ध

blog

पहिरोका कारण अवरुद्व भएको फिदिम रानिटार लुङरुपा सडक। तस्बिरः राधा लुइटेल।

राधा लुइटेल 

फिदिम, साउन ३० गते। निरन्तर भएको वर्षासँगै ठाउँ–ठाउँमा पहिरो र ढिस्को लड्दा पाँचथरको सदरमुकाम फिदिमदेखि रानिटार हुँदै लुङरुपा जाने सडक अवरुद्ध भएको छ।

उक्त सडकको फिदिम, रानिटार र लुङरुपा क्षेत्रमा एक दर्जन भन्दा धेरै ठुला र साना पहिरो लडेको फिदिम ७ का वडा सदस्य प्रदीप बास्कोटाले जानकारी दिनुभयो। पहिरोका कारण उक्त सडकमा सोमवार दिउँसो देखि नै सवारी आवागमन ठप्प भएको छ।

गत जेठ महिनामा कालो पत्र गरिएको उक्त सडकको माथिबाट आएको पहिरोले बाटो अवरुद्ध हुनका साथै केही स्थानमा छेउ पनि छिनेकाले तत्काल सवारी आवागमन हुने सम्भावना न्यून रहेको बाँस्कोटाले बताउनुभयो।

यद्वपी सडक खुलाउनका लागि मंगलबार बिहानैदेखि स्कावेटर परिचालन गरिएको फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले जानकारी दिनुभयो।