• २० असोज २०८१, आइतबार

मालतीले पाइन् नागरिकता

blog

नागरिकता प्राप्त गरेपछि होची मालतीको मुहारमा खुसी । तस्बिर: हरिप्रसाद

हरिप्रसाद कोइराला   

उर्लाबारी, साउन ३० गते । मोरङ कै सबैभन्दा होची महिला मालती ऋषिदेवलाई  जिल्ला प्रशासन कार्यालय मोरङले जन्मसिद्ध नागरिकता प्रदान गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले साउन १८ गते सुन्दरहरैँचा ४ को बडहरा खागटोलमा बस्दै आउनु भएकी २४ वर्षीया मालती ऋषिदेवलाई नेपाली नागरिकताको प्रमाण पत्र दिएको हो । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी  प्रदीप साहका अनुसार मोरङ सुन्दरहरैंचा नगरपालिका वडा –४ का वडाध्यक्ष कैलाश बस्नेतले गर्नु भएको सिफारिसका आधारमा मालतीलाई ०५–०१–८०–९०५७ नम्बरको जन्मसिद्ध नेपाली नागरिकता दिइएको हो । मालतीको उचाइ ३२ इन्च र तौल १४ किलो रहेको छ । वडा कार्यालयको सिफारिस अनुसार उहाँको जन्म २०५६ साल भदौ १८ गते भएको हो ।

मालतीका बुवा रमेश मुरर (ऋषिदेव) को मृत्यु भइसकेको छ । आमा मिना ऋषिदेव खोला किनारमा गिट्टी कुटेर प्राप्त आम्दानीले परिवारको घर खर्च चलाउँदै आउनु भएको छ । अनागरिक भए पनि सुन्दरहरैचा नगरपालिकाका तत्कालीन नगरप्रमुख शिवप्रसाद ढकालले मालतीलाई प्रोत्साहन स्वरूप आन्तरिक स्रोतबाट मासिक चार हजार रुपियाँ दिने निर्णय गर्नु भएको थियो । सोही खर्चले मालतीको परिवार चल्दै आएको थियो ।