• २० असोज २०८१, आइतबार

नाबालकसहित तीन जनालाई छुरी हान्ने पक्राउ

blog

ठाकुर सेनेहाङ

तेह्रथुम,साउन २९ गते । तेह्रथुमको फेदाप गाउँपालिका–३ जलजलेमा नाबालकसहित तीन जनालाई छुरी हान्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । सामान्य विवादको क्रममा आइबार दिउँसो ज्यान मार्ने उद्देश्यले तीन जनालाई धारिलो हतियार प्रहार गरेको हाे । 

हतियार प्रहार गरेको आशङ्कामा फेदाप गाउँपालिका–३ का ४६ वर्षीय मुकेश लिम्बुलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक छेपिञ्जो भोटेले जानकारी दिनुभयो । 

छुरी प्रहारबाट घाइते हुनेमा स्थानीय ४१ वर्षीय तेजबहादुर लिम्बु, उहाँका ३ वर्षीय छोरा आयुष लिम्बु र ४३ वर्षीय तिल विक्रम लिम्बु रहनुभएको छ । छुरी प्रहारबाट तेजबहादुर र तिलविक्रमको हातमा चोट लागेको छ भने तेजबहादुर लिम्बुका छोरा आयुषको टाउकोमा गहिरो चोट लागेको छ । 

घाइतेहरूलाई उपचारका लागी न्युरो अस्पताल विराटनगर पठाइएको छ । घाइतेमध्ये नाबालक आयुषको अवस्था चिन्ताजनक रहेको प्रहरी निरीक्षक भोटेले बताउनुभयो ।

पक्राउ परेका लिम्बु माथि सोमबार म्याद थप गरी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाइने तयारी रहेको प्रहरी निरीक्षक छेपिञ्जो भोटे जानकारी दिनुभएको छ ।