झापामा भाले हात्ती मृत फेला
झापाको बाह्रदशी गाउँपालिका १ खयर बारीमा जङ्गली हात्ती मृत फेला परेको छ ।
च्याउ खेतीमा भविष्य खोज्दै बस्नेत दम्पती
धनकुटा छथर जोरपाटी गाउँपालिका ६ का चुइन्द्र बस्नेत र उहाँकी श्रीमती टीका बस्नेत हिजोआज घर नजिकै बनाएको टनेल भित्रै रमाउने गर्नुहुन्छ । टनेलमा लगाएको च्याउको स्याहारसुसार नै उहाँहरूको दैनिकी बनेको छ ।
राजदूतबाट कुलो उद्घाटन
स्विस सरकारको साना सिँचाइ आयोजना अन्तर्गत सङ्घ, प्रदेश, स्थानीय सरकार र उपभोक्ता समितिको लागत साझेदारीमा सम्पन्न कुलोको नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डेनियल म्युली र सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले संयुक्त रूपमा उद्घाटन गर्नुभएको छ ।
समृद्ध मुलुक बनाउन एमालेकै सरकार चाहिन्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माण गर्न एमाले नेतृत्वकै सरकार अपरिहार्य भएको बताउनुभएको छ ।
खेलकुद पर्यटनको सुरुआत गर्दै चौबिसे
धनकुटाको चौबिसे गाउँपालिकाले खेलकुद र कृषिलाई समेटेर ‘खेलकुद पर्यटन’को सुरुआत गर्ने भएको छ । आठ वडा रहेको यस गाउँपालिकामा प्रत्येक वडामा सात-एघार क्षेत्रफलका एकदेखि तीनवटासम्म फुटबल मैदान छन् ।
मेचीनगरमा ई-रिक्सालाई ‘रुट परमिट’
झापाको मेचीनगर नगरपालिकाले तीन पाङग्रे (ई-रिक्सा) दर्ता सहित ‘रुट परमिट’ जारी गर्ने भएको छ। मेचीनगर नगरपालिकाको ई–रिक्सा व्यवस्थापन कार्यविधि, २०७९ बमोजिम नगर क्षेत्रभित्र रुट र सङ्ख्या तोकेर ई–रिक्सा दर्ता गर्ने भएको हो।
सङ्कल्प यात्रा टोली बिहीबार धनकुटा आइपुग्ने
नेकपा (एमाले) को ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ टोली बिहीबार धनकुटा आइपुग्ने सो पार्टीले जनाएको छ ।
अलैँचीको मूल्य बढेपछि ताप्लेजुङका किसान उत्साहित
ताप्लेजुङमा अहिले प्रति मन (४० किलो) रू. ६९ हजारमा कारोबार भइरहेको अलैँची व्यवसायी बालमणि बरालले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्षको सबैभन्दा बढी गत सोमबार रू ७१ हजारका दरले कारोबार भएको थियो ।
मुख्यमन्त्रीको गाडीमा क्षति गरेको आरोपमा एक पक्राउ
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की चढेको सवारी साधन तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीलाई पक्राउ गरेको छ ।
दमकमा लागु औषध नियन्त्रण र सचेतना अभियान
झापाको दमक नगरपालिकाले ‘लागु औषधको नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान’ सुरु गरेको छ ।
झुलाघाट चिवाभञ्ज्याङ यात्रा अवरोध नगर्न एमालेको आग्रह
नेपाल कम्युनिष्ट पार्टी एमालेले सुरु गरेको झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रामा अवरोध नगर्न पहिचान पक्षधर नेता कार्यकर्तासँग आग्रह गरेको छ।
देवानगञ्जका पूर्वअध्यक्ष मेहताको निधन
सुनसरीको देवानगञ्ज गाउँपालिकाका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेसका पुराना नेता लालीप्रसाद मेहताको गए राति निधन भएको छ ।
‘ढुङ्गा हान्दैमा पहिचानवादी भइँदैन’ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एउटा मान्छेलाई खेदेर ढुङ्गा हान्दैमा पहिचानवादी बन्न नसकिने भन्दै आफ्नो मागलाई शान्तिपूर्ण ढङ्गले राख्न सुझाव दिनुभएको छ ।
कागजपत्र छानबिन गर्न माग
विराटनगरस्थित मेट्रो न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भए भनिएका इनरुवा–३ का प्रताप सदा मुसहर जीवित पाइएको विषयलाई लिएर सो अस्पताल प्रशासन मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी सदाको मृत्यु भएको घोषणा अस्पतालले नगरेको दाबी गरेको छ । उहाँकी श्रीमती सीता सदाले भने सो अस्पतालले आफ्नो पतिको मृत्यु भएको र उपचारका क्रममा लागेको खर्च अस्पताललाई बुझाएर शव लैजानु भनेको दाबी पुनः गर्नुभएको छ । प्रस्तुत छ इनरुवास्थित जिल्ला प्रहरी कार्यालय सुनसरीमा सीताले सञ्चारकर्मीसँग गरेको सङ्क्षिप्त कुराकानीको सम्पादिन अंश :
गलत परामर्शले ‘मृत्यु’ को भ्रम
विराटनगरस्थित मेट्रो न्युरो अस्पतालमा उपचार गरेका बिरामीको मृत्युको भ्रम अस्पतालले बिरामी र आफन्तलाई बिरामीको स्वास्थ्य अवस्थाबारे राम्रो जानकारी नदिँदा उत्पन्न भएको पाइएको छ। अस्पतालले आफन्तलाई ‘गलत परामर्श’ दिँदा भ्रम सिर्जना भई अचेत रहेका बिरामीको मृत्यु भएको भ्रममा परी अन्तिम संस्कारको तयारीसमेत भएको पाइएको हो।
एमाले नेतृत्वको सरकारले मात्रै विकास गर्न सक्छ: अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समग्र आर्थिक विकास र समृद्धिका लागि एमाले नेतृत्वको सरकार आवश्यक भएको बताउनुभएको छ।
एउटा मान्छेलाई ढुङ्गाले हानेर पहिचान स्थापित हुन्न : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एउटा मान्छेलाई खेदेर वा ढुङ्गाले हानेर कोही पनि पहिचानवादी बन्न नसक्ने र पहिचान स्थापित नहुने बताउनुभएको छ।
सूचना प्रदान गर्नु हरेक सरकारी निकायको दायित्व : प्रमुख आयुक्त गुरुङ
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचना प्रदान गर्नु हरेक सरकारी निकायको दायित्व भएको बताउनुभएको छ । यसका लागि सजग हुन उहाँले सबैलाई आग्रह गर्नुभयो ।
इलाम अस्पताल छेउमा लागेको आगो नियन्त्रणमा
इलाम अस्पतालको क्वाटरसँगै रहेको भान्सा घरमा लागेको आगो दुई घण्टापछि नियन्त्रणमा आएको छ ।
सूर्यकुण्डको खानेपानी समस्यालाई समाधान गर्ने
वराहक्षेत्र नगरपालिका–१ सूर्यकुण्ड क्षेत्रमा गाउँले भोग्दै आएको खानेपानीको समस्यालाई समाधान गर्न स्थानीय सरकार लागि परेको छ ।
एमालेको झुलाघाट-चिवाभञ्ज्याङ यात्रा कोशी प्रदेश प्रवेश
नेकपा (एमाले) को ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आज कोशी प्रदेश प्रवेश गरेको छ । यही मङ्सिर १४ गते बैतडीको झुलाघाट सुरु १९ दिने मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आज कोशी प्रदेश प्रवेश गरेको हो ।
अलैँचीको मूल्य बढ्यो
सङ्खुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । अलैँचीको मूल्य हाल प्रतिमन (४० किलो) ७० हजार पुगेको छ ।
इलाम अस्पताल छेउमा आगलागी, नियन्त्रण प्रयास जारी
इलाम अस्पतालको क्वाटरसँगै रहेको भान्सा घरमा आगलागी भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालयभन्दा माथि रहेको अस्पतालको क्वाटरसँगै जोडिएको भान्सा घरमा आगलागी भएको हो ।
मुख्यमन्त्री कार्की सवार कारमाथि ढुङ्गा प्रहार
झापाको दमकमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार कारमाथि मुक्का र ढुङ्गा प्रहार भएको छ ।