उच्च अदालतमा ‘सेवाग्राही टाईम कार्ड’ लागू
उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुङ्गाले ‘सेवाग्राही टाइम कार्ड’ को व्यवस्था गरेको छ । सेवाग्राहीको सुविधा र सहजताका लागि मङ्सिर पहिलो साता देखी अदालतले यो व्यवस्था लागू गरेको हो ।
पर्यटन विकासका लागि गुरुयोजना तयार गर्न निर्देशन
कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहतका निकायले आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिक अवधिको प्रगति समीक्षा कार्यक्रम आज यहाँ सम्पन्न भएको छ ।
कोशी प्रदेशमा पहिलो पटक एआई तालिम सुरु
कोशी प्रदेशमा पहिलोपटक सूचना प्रविधिमा आधारित एआई, रोवटिक्स र कोडिङलगायत १२ विधामा विद्यार्थीलाई शुक्रबारदेखि अध्यापन प्रारम्भ गरिएको छ । मोरङको बूढीगङ्गामा-२ टङ्कीसिनवारीमा रहेको जेभियर्स इङसिल विद्यालयले दूरशिक्षा काठमाडौँका प्रशिक्षिकद्वारा शुक्रबरदेखि तालिम सुरु गरेको हो ।
फुङ्लिङमा आगलागी, पाँच लाख बराबरको क्षति
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहानै एउटा घरमा आगो लाग्दा त्यो नष्ट भएको छ भने पाँच लाख बराबरको क्षति भएको छ ।
नयाँ कारागार भवन रित्तै : ३० जनाको क्षमताको पुराना भवनमा ८४ जना खचाखच
ओखलढुङ्गामा नवनिर्मित कारागार भवन प्रयोगमा नआउँदा कैदी बन्दी राख्न समस्या भएको छ । सुरक्षा पर्खाल नबन्दा जिल्ला कारागारको नयाँ पक्की भवनमा कैदी बन्दी सार्न समस्या भएको हो ।
आगलागीबाट एक घर जल्यो
ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा शनिवार बिहानै एक घरमा आगलागी भएको छ । सदरमुकाम बजारनजिक फुङ्लिङ नगरपालिका–५ उकाली पानी टोलमा एक घरमा आगलागी भएको हो ।
अतिक्रमित घर टहरा हटाउन सुरु
झापाको मेचीनगर नगरपालिकाले सडकको जमिन अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन सुरु गरेको छ । मेचीनगरले आफ्नो नगर क्षेत्रभित्र पर्ने पूर्व–पश्चिम राजमार्ग सडकखण्डको काँकरभिट्टादेखि चारआलीसम्म अतिक्रमण गरी बनाइएका टहरा हटाउन सुरु गरेको हो ।
जङ्गली हात्ती बस्तीमा पसेपछि स्थानीय त्रसित
झापाको दमक –३ मा फेरि जङ्गली हात्ती बस्तीमा पसेपछि स्थानीयहरु त्रसित भएका छन् । विहीबार राति २ वटा हात्ती बस्तीमा छिरेको र स्थानीय राजुकमार खड्काको घर भत्काएको वडाध्यक्ष नविन बरालले बताउनुभयो ।
प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरमा औषधि अभाव
झापाको कमल गाउँपालिकामा रहेको प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरमा आवश्यकता अनुसार जनशक्ति, बजेट र औषधि अभावले पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन ।
लेटाङ बुधबारे सडक शिलन्यास
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले लेटाङ-६ बुधबारे सडक उत्तर पूर्वी पहाडका जिल्लासँग कोशी प्रदेशको राजधानी विराटनगरलाई जोड्ने सबैभन्दा छोटो सडक हुने बताउनुभएको छ ।
हिउँ पर्न थालेपछि चिसो बढ्यो
ताप्लेजुङको उच्च हिमाली भेगमा हिउँ पर्न थालेपछि चिसो ह्वात्तै बढेको छ । बिहीबार साँझपछि सामान्य वर्षासँगै जिल्लाको उच्च हिमाली भेगमा हिमपात भएपछि चिसो बढेको हो ।
हात्तीबाट ज्यान जोगाउन रातभर जाग्राम
साँझ पर्न नपाई बस्ती छिर्न थालेका जङ्गली हात्तीको बथानदेखि भाउन्नेका स्थानीय आतङ्कित बन्नु परेको छ । दिनभरि नजिकै रहेको जङ्गलमा करिब तीन दर्जनको सङ्ख्यामा रहेका हात्ती साँझ आहाराका लागि बस्ती छिर्न थालेपछि स्थानीय त्रसित बन्नुपरेको छ ।
आगलागीमा ज्यान गुमाएका परिवारलाई महानगरपालिकाले राहत दिने
विराटनगर महानगरपालिका ७ सातघुम्तीस्थित कवाडी पसलमा आगलागी हुँदा ज्यान गुमाएका पीडित परिवार र घाइतेलाई विराटनगर महानगरपालिकाले राहत उपलब्ध गराउने भएको छ ।
सुनसरीमा तोरीखेती गर्ने कृषक बढे
तोरीको तेलको मूल्यमा पछिल्लो समय वृद्धि हुँदै गएपछि तोरीखेतीतर्फ कृषकहरुको आकर्षण बढ्न थालेको छ ।
पासोमा फसेको रेडपान्डाको उद्धार
फक्ताङ्लुङ गाउँपालिका–४ इखाबुको वाखु क्षेत्रमा पासोमा फसेको रेडपान्डाको जीवितै उद्धार गरिएको हो ।
माइपोखरी त्रि-धार्मिक महायज्ञमा ३६ लाख रुपियाँ सङ्कलन
इलामको माइपोखरीमा मङ्सिर १ देखि ८ सम्म आयोजित त्रि–धार्मिक महायज्ञमा ३६ लाख ३३ हजार रुपियाँ सङ्कलन भएको छ ।
चारलेन बन्दै काँकरभिट्टा-लौकही सडक
डिभिजन वन कार्यालय मोरङका वन अधिकृत घनश्याम यादवका अनुसार मोरङ खण्डको ३६.२ किलोमिटर क्षेत्रमा पाँच हजार ५५६ रुख छन् ।
पार्टीमा साझा धारणसहित जनताको मुद्दा उठाउन आवश्यक छ: सभापति थापा
नेपाली काङ्ग्रेस कोशी प्रदेश सभापति तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापाले पार्टीमा भएको गुटगत राजनीती अन्त्य गरी आम जनताको समस्या आफुहरु केन्द्रित हुन आग्रह गर्नुभएको छ ।
ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा किसान खुसी
ओलाङ्चुङगोला, याङमा घुन्सा, लेलेप , गयाब्ला, फलेलगायतका बस्तीमा सामान्य हिमपात भएको फक्ताङलुङ गाउँपालिका–६ घुन्साका टासी तेन्जिङले बताउनुभयो । सामान्य हिमपात भएकाले खासै जनजीवन प्रभावित भने नभएको उहाँले बताउनुभयो ।
इलामको सन्दकपुर क्षेत्रमा हिमपात
इलामको माथिल्लो क्षेत्र सन्दकपुर आसपासमा हिमपात भएको छ । वर्षापछि सो क्षेत्रमा हिउँ पर्न थालेको हो । भारतसंग सीमा जोडिएको सन्दकपुर गाउँपालिकाको जौबारी, कालपोखरीलगायतका क्षेत्रमा हिमपात भएको स्थानीय लाक्पा शेर्पाले जानकारी दिनुभयो ।
वराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु
पछिल्लो समय सुनसरीको वराहक्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ । हिउँद लागेसँगै वराहक्षेत्र धाममा घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या दैनिक वृद्धि हुँदै गएको वराहक्षेत्र संरक्षण मञ्चका सचिव राजु घिमिरेले जानकारी दिनुभयो ।
भुटानी शरणार्थी शिविर बस्तीमा परिणत भएको गुनासो
पूर्वी नेपालमा झन्डै तीन दशकअघिदेखि रहँदै आएको भुटानी शरणार्थी शिविर बस्तीमा परिणत भएको बताइएको छ । भुटानी शरणार्थी अगुवाले सरोकारवालासँग छलफल नै नगरी बस्तीमा परिणत भएको र यो विषय औपचारिक रूपमा सार्वजनिक नभएको बताएका छन् । विभिन्न कारणले तेस्रो देश पुनर्बास नभएकाहरू, अशक्त तथा ज्येष्ठ नागरिक, अपाङ्गता भएका लगायतका भुटानी अहिले यहाँ रहेका छन् । भुटानबाट निकाला भएर नेपालमा निर्वासित जीवन बिताइरहेका भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेलले यो आफूहरूको पनि सरोकारको विषय भएको भन्दै बस्तीमा रूपान्तरण भएको विषयमा अनभिज्ञता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यस्तो विषयमा नेपाल सरकारले शरणार्थीलाई जानकारी गराउनु पर्छ । यदि स्थानीयकरणका लागि शिविरलाई बस्ती बनाइएको हो भने त्यसमा हामी गम्भीर छौँ । अझै पनि हामी स्वदेश फर्कन पाउने आशामा छौँ ।
विमानस्थल निर्माणका लागि स्थलगत अध्ययन
धरान उपमहानगरपालिकामा विमानस्थल निर्माणका लागि पुनः स्थलगत अध्ययन गरिएको छ । बिहीबार नेपाल नागरिक उड्डयन प्राधिरकणको समूह र नगर प्रमुख हर्कराज राईले धरान–१७ स्थित डाँडाघोपामा रहेको विमानस्थल बनाउने जग्गाको स्थलगत अध्ययन गर्नुभएको हो । २० वर्षअघि २०६० सालमा विमानस्थल बनाउने सर्तमा धरान वडा नम्बर १७ डाँडाघोपामा स्थानीय बासिन्दाको जग्गा नगरपालिकाको रोहबरमा यती इन्कर्पोरेटले डाँडाघोपाका २५ जनाको सात बिघा पाँच कट्ठा जग्गा खरिद गरेको थियो । त्यति बेला धरानका नगर प्रमुख कुमारबहादुर कार्की, पूर्वनगर प्रमुख मेन्याङ्बो र उपप्रमुख मीनकुमार सुब्बा रोहबरमा रहनुभएको थियो ।
बिर्ता युनाइटेड किराँत गोल्ड कपको उपाधि नजिक
झापाको बिर्ता युनाइटेड क्लब पाँचथरमा जारी ‘प्रथम वाइवाई किराँत गोल्डकप २०८०’को फाइनलमा पुगेको छ । बिहीबार फिदिम माविको खेल मैदानमा सम्पन्न अन्तिम सेमिफाइनलमा ताप्लेजुङको कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङलाई हराउँदै झापा किराँत गोल्डकपको उपाधि नजिक पुगेको हो ।