जिल्ला प्रशासन कार्यालय इलाम नमुना बन्दै
नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्दै आएको जिल्ला प्रशासन कार्यालय इलाम देशभरिका जिल्ला प्रशासन कार्यालयमध्ये चौंथो भएको छ ।
तमोरमा पुल बनेपछि सहज
फक्ताङ्लुङ गाउँपालिकास्थित तमोर नदीमा पक्की मोटरेबल पुल बनेपछि यातायात सहज भएको छ । गाउँपालिकाको वडा नम्बर २ खेजेनिम र वडा नम्बर ३ लिङ्खिमको सिँवा जोड्ने गरी तमोर नदीमा पक्की पुल निर्माण भएपछि यातायात सेवा सहज भएको हो ।
राष्ट्रिय परिचयपत्र वितरण
ताप्लेजुङमा राष्ट्रिय परिचयपत्र धमाधम वितरण भइरहेको छ । नाम दर्ता भएको करिब तीन वर्षपछि यहाँ राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको हो ।जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार २०७७ साउन १३ देखि राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता सुरु गरिएको थियो । राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गरिएको तीन वर्षपछि भर्खरैदेखि परिचयपत्र वितरण गर्न सुरु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
लिफ्टिङ खानेपानी आयोजना बन्द हुँदा तीन महिनादेखि कालापानीवासी समस्यामा
खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेको कालापानीमा करिब एक हजार आठ सय मिटर तल रहेको सुनकोशीबाट विसं २०७६ पुस २४ गते लिफ्ट गरेर पानी निकालिएको थियो ।
खाद्यअधिकार तथा कृषि रणनीतिक योजना बनाउन सुरु
खाद्यमा नागरिकको पहुँच सुनिश्चित गर्न धनकुटाको साँगुरीगढी गाउँपालिकाले खाद्यअधिकार तथा कृषि रणनीतिक योजना बनाउन सुरु गरेको छ ।
जलकुम्भी झारबाट कम्पोष्ट मल
जैविक खेती प्रणालीलाई सहयोग पुर्याउने उद्देश्यले मिचाहा प्रजातिको जलकुम्भी झारबाट कम्पोष्ट मल बनाउन सुरु गरिएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षको सिमसार क्षेत्रमा रहेको जलकुम्भी झारबाट कम्पोष्ट मल बनाउन सुरु गरिएको हो ।
विवेकशील साझा पार्टीको कोशी प्रदेश अध्यक्षमा सुदन श्रेष्ठ निर्वाचित
विवेकशील साझा पार्टीको कोशी प्रदेश अध्यक्षमा सुदन श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
आयातमा सरकारी कडाइ,बिउ अभाव झेल्दै किसान
मनसुन बाहिरिने समय नजिकिएसँगै वर्षा कम हुँदै गएपछि किसानले हिउँदे तरकारी र अन्य बालीका लागि जमिन तयार पार्न थालेका छन् । तराईमा छिटो तयार हुने जातको धान काट्न सुरु भइसकेको छ । धान निकालेपछि खेतमा किसानले हिउँदे तरकारी लगाउँछन्
सुकेटार-काफ्लेपाटी सडकखण्ड : कालोपत्र गर्ने काम अलपत्र
ताप्लेजुङको पाथीभरा सडकअन्तर्गत सुकेटारबाट काफ्लेपाटीसम्मको खण्ड कालोपत्र गर्ने कामको ठेक्का लागेको दुई वर्ष बितिसकेको छ । लाखौँ तीर्थयात्री आवतजावत हुने सो सडकखण्डमा कालोपत्र गर्न ठेक्का लागेको दुई वर्षसम्म पनि कामको प्रगति भने निराशाजन रहेको छ ।
समाजवादी जागरण अभियान
नेकपा (एकीकृत समाजवादी) ले थालेको समाजवादी जागरण अभियान इनरुवा आइपुगेको छ । पूर्वप्रधानमन्त्रीहरू पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल एकसाथ इनरुवा आइपुग्नुभएको हो । पार्टी र समाजवादी मोर्चाको आवश्यकता, औचित्य र नागरिकको भावनाबारे जानकारी लिन र दिन थालिएको अभियानमा दुई पूर्वप्रधानमन्त्री एकसाथ इनरुवा आउनुभएपछि यहाँ उत्साह छाएको छ । पार्टीको बारेमा जनतालाई जानकारी गराउँदा रोजगारी, शिक्षा, स्वास्थ्य, सडक, सञ्चार र खानेपानीको माग उठिरहेको र त्यसको सम्बोधनमा पार्टीले पहल गर्ने उहाँहरूले बताउनुभएपछि नगरवासीमा उत्साह देखिएको थियो ।
लिम्बूको हत्याका मुख्य अभियुक्त पक्राउ
झापाको दमकमा शुक्रबार बिहान हत्या भएका इलाम चुलाचुली ३ पेल्टिमारीका युवा गोविन्द लिम्बुको हत्याका मुख्य अभियुक्त सनम राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्की पुल बनेपछि यातायात सहज
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित तमोर नदीमा पक्की मोटरेबल पुल बनेपछि यातायात सहज भएको छ । गाउँपालिकाको वडा २ खेजेनिम र वडा ३ लिङ्खिमको सिँवा जोड्नेगरी नदीमा पुल निर्माण भएपछि यातायात सेवा सहज भएको हो ।
पुस्तान्तरण नहुँदा लोपहुँदै धान नाच
विगतमा गाउँगाउँमा प्रशस्तै देखिने धान नाच आजभोलि भने कमै देखिन्छ । लिम्बू समुदायमा लोकप्रिय रहेको धान नाच पुस्तालाई हस्तान्तरण हुन नसक्दा सङ्कटमा पर्दै गएको हो ।
गुरुयोजना बनाएर पर्यटन प्रवर्द्धन गरिँदै
ऐतिहासिक हतुवागढी गाउँपालिकाले गुरुयोजना बनाएर पर्यटन प्रवर्द्धनको काम अगाडि बढाएको छ । गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि विभिन्न आधार तथा सम्भावना खोजी विकासमा जुटेको हो ।
भित्री वस्त्रमा लागुऔषध ओसारपसार गर्ने पक्राउ
झापामा लागुऔषध भित्र्याउने गिरोहले प्रहरीलाई छक्याउन नयाँ उपाय लगाउन थालेको पाइएको छ । केही दिनअघि चामलको बोराभित्र लागुऔषध ल्याउने क्रममा प्रहरीले लागु्औषध कारोबारीलाई पक्राउ गरेको थियो ।
गायक भरत लिमेलको ‘तिम्रै मोया छ’ म्युजिक भिडियो सार्वजनिक
गायक भरत लिमेल मगरको ‘तिम्रै मोया छ’ बोलको गीतमा निर्माण गरिएको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
आखेटोपहार हस्तान्तरण
डिभिजन वन कार्यालयले बरामद गरेको विभिन्न वन्यजन्तुको छाला, हड्डीलगायतका आखेटोपहार चितवन पठाइएको छ । डिभिजन वन कार्यालय ताप्लेजुङले ११ वर्षयता विभिन्न समयमा बरामद गरेको करिब साढे २५ किलोग्राम आखेटोपहार चितवन पठाइएको हो ।
डोका बिक्रीबाट मासिक ३५ हजारसम्म आम्दानी गर्दै चन्द्रबहादुर
भोजपुरका चन्दबहादुर तामाङले डोका बिक्रीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । पछिल्लो पुस्ताको कमै मात्र रोजाइमा पर्ने यो कामबाट घरपरिवार चलाउन समस्या नरहेको उहाँको भनाइ छ ।
सञ्चालन भएन कोल्ड स्टोर
कृषि व्यवसायलाई थप टेवा पु-याउने उद्देश्यले वराहक्षेत्र नगरपालिकामा निर्माण भएकोे मिनी कोल्ड स्टोर (बाली विशेष भण्डार गृह) तीन वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन ।
देश हाँक्ने शक्ति कम्युनिष्टमा मात्र छ : नेता नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा देश हाँक्न सक्ने शक्ति कम्युनिष्टमा मात्रै भएको बताउनुभएको छ ।
ज्येष्ठ नागरिकलाई सिरक वितरण
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका –३ खाम्लुङका ज्येष्ठ नागरिकलाई सम्मान तथा सिरक वितरण गरिएको छ । आइतबार ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा वडा कार्यालयले ज्येष्ठ नागरिकलाई सम्मान गर्नुका साथै न्यानो सिरक वितरण गरेको हो ।
१२० ज्येष्ठ सदस्यहरूलाई सम्मान
मोरङको कानेपोखरी गाउँपालिकाले ३३ औँ ज्येष्ठ नागरिक दिवसका अवसरमा पालिका भित्रका ८० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई सामूहिक रूपमा सम्मान गरेको छ ।
घर बिर्सेका वृद्धलाई आफन्तको जिम्मा
रोजगारीको सिलसिलामा भारतको सिक्किम गएर गाउँ नफर्किएका (घर बिर्सेका) ताप्लेजुङका एक वृद्धलाई आफन्तको जिम्मा लगाइएको छ ।
उपभोक्ता समितिमा महिला
सधैँ घरको चुलो चौकोमा व्यस्त रहने चन्द्रवंशी र कविरथ समुदायका स्थानीय महिलाहरू पछिल्लो समय विकास निर्माणको काममा समेत देखिन थालेका छन् ।