• १५ असार २०८२, आइतबार

शक्ति पृथकीकरणको सिद्धान्त उल्लङ्घन हुन थाल्यो: प्रमुख सचेतक घिमिरे

blog

काठमाडौँ, असार १५ गते । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले शक्ति पृथकीकरणको सिद्धान्त उल्लङ्घन हुन थालेको भन्दै आपत्ति जनाउनुभएको छ । 

संसदीय सुनुवाइ समितिको आइतबारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एकले अर्काको अधिकार क्षेत्रभित्र प्रवेश गर्न थालेको बताउनुभयो । संसदीय अधिकार क्षेत्रभित्र न्यायालय प्रवेश गर्ने र कार्यपालिकाको अधिकार क्षेत्रभित्र पनि न्यायालय प्रवेश गरेको बताउनुभयो । उहाँले न्यायालयको न्यायप्रणाली असाध्यै ढिलो भएको बताउनुभयो । एउटा फैसला गर्न २० वर्षसम्म लाग्ने स्थितिले न्याय नपाइने जिकिर गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘न्यायालयको न्यायप्रणाली असाध्यै ढिलो भयो । एउटा मुद्दा सर्वोच्चसम्म गएर फैसला हुँदा १५ देखि २० वर्षसम्म लाग्छ । २० वर्ष नै लाग्ने स्थिति हुँदा मान्छेले न्याय कसरी पाउँछ । यसलाई कसरी छिटोछरितो गर्ने । जिल्ला अदालतमा एक प्रकारको समयसीमा तोकिएको छ । तर सबैभन्दा धेरै बेथिति भनेको सर्वोच्चमा छ । सर्वोच्चमा गएर वर्षौँसम्म एउटा मुद्दा गएर अड्किन्छ ? त्यसलाई कसरी हटाउने ? शक्ति पृथकीकरणको सिद्धान्त आजकाल उल्लङ्घन हुन थालेको छ । एकले अर्काको अधिकार क्षेत्रभित्र प्रवेश गर्न थालेको छ । संसदीय अधिकार क्षेत्रभित्र न्यायालय प्रवेश गरेर कार्यपालिकाको अधिकार क्षेत्रभित्र पनि न्यायालय प्रवेश गरेको छ ।’

प्रमुख सचेतक घिमिरेले संसदमा बोलेका कुराहरूको बारेमा कतै मुद्दा गर्न पनि नपाइने र कारबाही पनि नहुने स्थिति रहेको बताउनुभयो ।