बालिकामाथि यौन दुर्व्यवहार गर्ने एक युवक पक्राउ
खोटाङमा यौन दुर्व्यवहार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । गोठालो गएकी आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका २० वर्षीय शिव श्रेष्ठ पक्राउ परेका हुन् ।
पत्तालेमा स्याउको व्यावसायिक उत्पादन
करिब छ करोड लगानीमा सुरु गरिएको सोलुखुम्बुको पत्तालेमा व्यावसायिक स्याउ उत्पादन सुरु भएको छ । कोशी प्रदेशका पूर्वमन्त्री अम्बिरबाबु गुरुङलगायत डिल्ली गुरुङ, कृष्ण केसी र यगेन्द्रबहादुर कार्कीको करिब ६ करोड लगानीमा सुरु गर्नुभएको स्याउ फार्मबाट उत्पादन सुरु भएको हो ।
चिल्ड्रेन पार्कमा डुबेर बालकको मृत्यु
गौरादह नगरपालिका –२ स्थित लायन्स चिल्ड्रेन पार्कको फाउन्टेनमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह –१ का अन्दाजी १४ वर्षीय सत्यम राई रहेको प्रहरीले जनाएको छ ।
मलद्वारभित्र ब्राउनसुगर लुकाएर ल्याउने दुई पक्राउ
मलद्वाराभित्र लुकाएर ब्राउनसुगर ल्याउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको भद्रपुर र मेचीनगर नगरपालिकाबाट लागू औषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् ।
समृद्ध पालिका बनाउँछौँ
झापा जिल्लाको सानो क्षेत्रफलमा रहेको कनकाई नगरपालिका ७९.१ वर्ग किलोमिटरमा फैलिएको छ । धार्मिक एवं ऐतिहासिक स्थल कनकाईको नामबाट बनेको यस कनकाई नगरपालिका तत्कालीन सुरुङ्गा र घै
खसीबोकाको कारोबार सुरु
दसैँतिहारजस्ता चाडपर्व नजिकिएसँगै ताप्लेजुङमा खसीबोकाको कारोबार सुरु भएको छ । सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा शनिबार लाग्ने हाटबजारमा चाडपर्वलक्षित खसीबोकाको कारोबार सुरु भएको हो ।
प्रहरीद्वारा गाँजा नष्ट
गाँजा खेती र कारोबारका लागि उद्गम मानिएको धनकुटाका तीन स्थानीय तहमा प्रहरीले अभियानकै रूपमा गाँजा नस्ष्ट गरेको छ ।
नहरमा डुबेको शव फेला
सशस्त्र प्रहरीको गोताखोर टोलीले इटहरी उपमहानगरपालिका –१६ स्थित नहरमा डुबी बेपत्ता भएको एक व्यक्तिको शव आइतबार फेला पारेको छ ।
वन क्षेत्रको अतिक्रमण बढ्दो
ताप्लेजुङमा वन क्षेत्रको अतिक्रमण बढ्दै गएको छ । नयाँ बस्ती विस्तार बढ्दै गएसँगै वन क्षेत्रमा समेत अतिक्रमण बढ्दै गएको हो ।
कानुन नआउँदा अधिकारको प्रयोगमा समस्या : नेता सिटौला
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयन गर्ने मूल कानुन नै नआउँदा संविधानले दिएको अधिकारको सदुपयोग हुन नसकेको बताउनुभएको छ ।
चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
ओखलढुङ्गामा चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालन गरिएको छ । आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध गराउन चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गरिएको हो ।
कांग्रेसमा पुस्तान्तरण र रूपान्तरण आवश्यक : नैनसिंह महर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसमा पुस्तान्तरण र रूपान्तरणका लागि नेतृत्व सचेत हुनुपर्ने बेला आएको बताउनु भएको छ।
जङ्गलमा उत्पादित अल्लोबाट रोजगारीसँगै आम्दानी
सङ्खुवासभामा उत्पादित अल्लोले रोजगारीसँगै आम्दानी पनि बढाएको छ । कोसेलीका रूपमा परिचित अल्लोको कपडाको माग देश–विदेशमा समेत बढेको छ ।
शिशुको मृत्यु प्रकरण: चिकित्सकसँग ४८ घण्टे स्पष्टीकरण
ओखलढुङ्गा सामुदायिक अस्पताल (मिसन)मा उपचारको क्रममा ५३ दिने शिशुको ज्यान गएपछि शनिवार दिनभर अस्पतालमा तनाव उत्पन्न भयो । शिशुका आफन्तले अस्पताल र चिकित्सकको लापरबाहीले ज्यान गएको बताउँदै विरोध जनाए । आफन्तले शिशुको शव बुझ्न अस्वीकार गरे ।
सेवाग्राही आउँदैनन्, कर्मचारी जाँदैनन्
फिदिम नगरपालिका–३, लालीखर्कमा रहेको चिया विस्तार आयोजनामा कार्यालय प्रमुख, प्राविधिक, कार्यालय सहयोगी र श्रमिक गरी १० जना कर्मचारी छन् । यति कर्मचारी रहेको यो कार्यालयको जनशक्तिलाई पर्याप्त काम छैन । उनीहरू प्रायः कार्यालय आउने र जाने काम मात्रै गर्छन् ।
धनकुटामा चार्डपर्व लक्षित बजार अनुगमन तीव्र
कबिराज घिमिरे हिले, असोज १९ गते । दशैं लगायत चाडपर्व नजिकिएसँगै स्थानीय प्रशासन धनकुटाले बजार अनुगमनलाई तीव्रता दिएको छ।जिल्ला प्रशासन कार्यालाय धनकुटाको नेतृत्वमा खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय धनकुटा र राष्ट्रिय उपभोक्ता संघ धनकुटाले संयुक्त रुपमा अनुगमनलाई तीव्रता दिएका हुन्। अनुगमन टोलीले खाद्यान्न, इन्धन, लत्ताकपडा, माछामासु, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गर्न सुरु गरेको हो । चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले अनुगमन तीब्र पारिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।अनुगमनको क्रममा धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा नं.–६ स्थित सिँधुवा बजारमा खुद्र तथा किराना पसल अनुगमन गरेको छ। बजारका आधा दर्जनभन्दा बढी खुद्रा तथा किराना पसलहरुमा अनुगमन गरी ५५ हजारभन्दा बढीका म्याद गुज्रिएका खाद्यवस्तु नष्ट गरिएको छ। बजारका अधिकांश खुद्रा तथा किराना पसलमा म्याद गुज्रेका खाद्यवस्तु फेला परेका थिए। अनुगमनका क्रममा म्याद गुज्रेकामा खानेकुरा र पेयपदार्थ पाइएको थियो। उक्त म्याद गुज्रेका खाद्यबस्तुहरु जफत गरी स्थानीय जनप्रतिनिधि, प्रहरीको रोहबरमा नस्ट गरिएको छ। म्याद गुज्रेका खाद्यबस्तु आगामी दिनमा नवेच्न सुझाव तथा चेतावनी दिइएको जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत अंकित मग्रातीले बताउनुभयो। प्रशासनले धनकुटाका अन्य बजारमा पनि अनुगमन गरी म्याद गुज्रेका सामान नष्ट गर्ने जनाएको छ।
अस्पतालको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै शव बुझ्न अस्वीकार
शेरबहादुर राई ओखलढुङ्गा, असोज २० गते । अस्पतालको लापरबाहीले शिशुको ज्यान गएको भन्दै आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । ओखलढुङ्गा सामुदायिक अस्तपालको उपचारत शिशुको अस्पतालको लापरबाहीका कारण ज्यान गएको जनाउदै आफन्तले शिशुको शव बुझ्न अस्वीकार गरेका हुन् । सिद्धिचरण नगरपालिका–५ का डोम प्रसाद दाहालकी ५३ दिनकी छोरी रियाना दाहालको उपचारका क्रममा शुक्रबार राती ९ः४५ बजे ज्यान गएको थियो । अस्पतालको लापरबाहीका कारण शिशुको ज्यान गएको भन्दै आफन्तले विरोध जनाएका छन् । पिसाब रोकिएर सिकिस्त विरामी भएपछि शुक्रबार आफन्तले बालिकालाई ओखलढुङ्गा सामुदायिक अस्पतालको इमर्जेन्सी कक्षमा पु¥याएका थिए । शिशुलाई सामान्य चेकजाँच पनि नगरीे चिकित्सकले बहिरंग विभाग तर्फ पठाएको बुबा डोम प्रसाद दाहालले बताउनुभयो । बहिरंग विभागमा लामो समय सम्म लाइनमा बसेर बच्चाको चेक जाँच गर्दा विभागका चिकित्सकले पुनः इमर्जेन्सी कक्षमै राखेर उपचार गर्न भनेपछि इमर्जेन्सी कक्षमा लगिएको दाहालले बताउनुभयो । ‘इमर्जेन्सी कक्षमा पु¥याउदा बच्चाको स्वासप्रस्वासमा गम्भिर समस्या भईसकेको थियो’ दाहालका आफन्त देबकुमार दाहालले बताउनुभयो । बालिकालाई उपचारका लागि समयमै अस्पताल ल्याइएको भएपनि अस्पतालको लापरबाहीका कारण ज्यान गएको दाहालको भनाई छ । मृतकका आफन्तले अस्पतालको निर्देशकले तुरुन्तै राजीनामा दिनुपर्ने, इमर्जेन्सी कक्षमा कार्यरत चिकित्सकहरुमाथि छानविन गरी आवश्यक कारबाही गर्नुपर्ने लगायतका माग राख्दै विरोध जनाएका छन् । अस्पतालका निर्देशक डा. रोशन खरेलले यस बिषयमा प्रशासनमा छलफल भइरहेको र छानबिनको तयारी भइरहेको बताउनुभयो । अस्पताल प्रशासन, मृतक शिशुका आफन्त, प्रहरी र सरोकारवालाहरुबीच छलफल भईरहेको डा.खरेलको जानकारी दिनुभयो।
बैदेशिक रोजगारीबाट फर्किएकाहरु सङ्गठित
ताप्लेजुङमा बैदशिक रोगजारीबाट फर्किएका युवाहरु सङ्गठित भएका छन् । बैदशिक रोगजारीबाट फर्किएका युवाहरुले सदरमुकाम फुङ्लिङमा शनिबार जिल्ला भेला सम्पन्न गर्दै सङ्गठित भएका हुन् ।
हर्सोल्लासका साथ जितिया पर्व मनाइँदै
सुनसरीको विभिन्न स्थानमा हर्सोल्लासका साथ जितिया पर्व मनाइँदै छ । जिल्लाको विभिन्न नगरपालिका र गाउँपालिकासहित ग्रामीण क्षेत्रका मधेसी तथा थारु महिलाले आफ्नो तीन दिने महान पर्व जितिया उपबास बसेर मनाएका छन् ।
मुख्यमन्त्री कार्कीद्वारा राजीनामा
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । कोशी प्रदेश सभाको आजको बैठकमा उहाँले राजीनामाको घोषणा गर्नुभएको हो ।
सहकारीविरुद्ध बचतकर्ता सडकमा
खोटाङको दिक्तेलस्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडविरुद्ध बचतकर्ता सडकमा उत्रिएका छन् । सो सहकारीले बचत अपचलन गरेपछि बचतकर्ताहरू सडकमा उत्रिएका हुन् ।
कबड्डीमा नेपाललाई पदक दिलाउने अनुजाको घर पुग्दा....
एसियाली खेलकुदमा मुलुकका लागि पहिलो पदक दिलाउने नेपाली राष्ट्रिय कबड्डी टोलीकी खेलाडी अनुजा कुलुङ राईको घर पुग्दा बुबा धनमान राई भैँसी चराउन जङ्गलमा हुनुहुन्थ्यो । आमा तिलसरी पुरानो दराज इनामेलले रङ्गाउँदै हुनुहुन्थ्यो ।
कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ ।
जलकुम्भीबाट कम्पोस्ट मल
जैविक खेती प्रणालीलाई सहयोग पुर्याउने उद्देश्यले मिचाहा प्रजातिको जलकुम्भी झारबाट कम्पोस्ट मल बनाउन सुरु गरिएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षको सिमसार क्षेत्रमा रहेको जलकुम्भी झारबाट कम्पोस्ट मल बनाउन थालिएको हो । कोशीटप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रका किसानलाई जैविक खेती गर्न उत्प्रेरित गराउन मल बनाउन सुरु गरिएको कोशीटप्पु सिकाइ थलो (लर्निङ ग्राउन्ड्सका) अध्यक्ष राजकुमार सिंहले जानकारी दिनुभयो ।