स्थानीय तहका कर्मचारी आन्दोलित
सरकारले ल्याउन लागेको सङ्घीय निजामती ऐनमा आफूहरुलाई विभेद गरेको भन्दै ओखलढुङ्गाका स्थानीय तहमा कार्यरत कर्मचारी आन्दोलित भएका छन् ।
प्रत्येक वडामा कार्यालय स्थापना गर्दै माओवादी
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले ताप्लेजुङका प्रत्येक वडामा कार्यालय स्थापना गर्दैआएको छ । जनतासँग माओवादी विशेष रुपान्तरण अभियानका क्रममा माओवादीले प्रत्येक वडामा कार्यालय स्थापना गर्न लागेको हो ।
पर्यटक लोभ्याउँदै फुङ्फुङगे झरना
चन्द्र पन्दाकताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवामा रहेको फुङ्फुङगे झरना आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ । हरियाली वनजङ्गल र पहराको बिचबाट झर्ने फुङ्फुङगे झरना आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको हो ।यतिबेला स्वच्छ, सफा र आकर्षक झरनाले पर्यटकलाई आकर्षित गराएको छ । पछिल्लो समय प्रचार–प्रसारसँगै फेसबुक, टिकटक, यु–ट्युवजस्ता सामाजिक सञ्जालमा फुङ्फुङगे झरनासम्बन्धी तस्बिर तथा भिडियोहरु पोष्ट हुन थालेपछि पर्यटकहरु अझ आकर्षित भएका छन् ।स्थानीय विजय साँबा लिम्बूका अनुसार अहिले दिनहुँजसो पर्यटकहरु फुङ्फुङगे झरनाको भ्रमणमा पुग्न थालेका छन् । कुनै–कुनै दिन झरनाको भ्रमणमा पुग्ने पर्यटकहरुको निकै भीड हुने गरेको लिम्बूले जानकारी दिनुभयो । फुङ्फुङगे झरनाको भ्रमण गर्नेमा अधिकांस आन्तरिक पर्यटक रहेका छन् भने कुनैबेला विदेशी पर्यटकसमेत पुग्ने गरेका छन् । सरकारले एकसय पर्यटकीय गन्तव्यमा सूचिकृत गरेको फुङ्फुङगे झरनालाई जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि निरन्तर पहल प्रयत्न पनि भइरहेका छन् । सङ्घ, प्रदेश र स्थानीय सरकारले पर्यटन प्रवद्र्धनको योजना अन्तर्गत बजेटहरु खर्चिन सुरु गरेकाले पनि झरना पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु लामाले बताउनुभयो । उहाँकाअनुसार झरनाको सौन्दर्यीकरणका रुपमा पदमार्गको स्तरोन्नति, विश्रामलय निर्माणजस्ता क्रियाकलापले पर्यटकको उपस्थितिका लागि सहयोग पुगेको छ । अझ सडक मार्गमार्फत नै सदरमुकाम फुङ्लिङदेखि फुङ्फुङगे झरना स्थलसम्म पर्यटकको यात्रा सहज बनाउन सडक स्तरोन्नतिको योजना पनि बनिरहेको उहाँले जानकारी दिनुभयो । चालू आर्थिक वर्षका लागि सङ्घीय सरकारबाट झरनाको सौन्दर्यिकरण योजनामा एक करोड रुपियाँ बजेटसमेत विनियोजन भएको बताइएको छ । उक्त पर्यटन प्रवद्र्धनसँग सम्बन्धित बजेट तथा योजना कार्यान्वयनपछि फुङ्फुङगे झरना जिल्लाको एक मुख्य पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुनेमा आफू विश्वस्त रहेको मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की बताउनुहुन्छ ।हाल झरना पुग्नलाई कच्ची सडक भए पनि सदरमुकाम फुङ्लिङदेखि बिहान गएर बेलुका फर्कन सकिन्छ । झरना क्षेत्रमा नै बस्न चाहाने पर्यटकका लागि तेम्बा सामुदायिक होमस्टे (घरबास) सेवा सञ्चालनमा आएको छ भने क्रमशः अन्य होटलहरु पनि सञ्चालनमा ल्याउन सुरु गरिएको छ ।
लागू औषध र विस्फाेटक पदार्थ नियन्त्रण गर्न सीमाक्षेत्रमा ‘डग स्क्यानिङ्’
चाडपर्व नजिकिदै गर्दा विराटनगरको सीमा रानी आसपासका नाकाबाट नेपाल भित्रिनेको सङ्ख्या उल्लेख्य हुन्छ ।
स्थानीय कला संस्कृतिले तान्यो विदेशी चित्रकारलाई
मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी–२०८०’ कार्यक्रममा सहभागी हुन खोटाङ आएका १४ देशका चित्रकार स्थानीय कला तथा संस्कृति अवलोकन गरिरहेका छन् ।
धरानमा ट्रक र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते
धरान उपमहानगरपलिका–८ स्थित लाङ्घाली चौकमा मालवाहक ट्रक र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
अरिंगालको टोकाइबाट एक महिलाको मृत्यु
झापामा अरिंगालको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । अरिंगालले टोकाइबाट घाइते बन्नु भएकी बाह्रदशी गाउँपालिका– ५ का ६० वर्षीया रामप्यारी भुर्तेलको उपचारको क्रममा मृत्यु भएको हो ।
नाम चर्चित, शौचालय दुर्गन्धित
विराटनगरमा नाम चलेका सामुदायिक विद्यालय हुन् पोखरिया, आदर्श, सत्यनारायण, गोग्राहा । शिक्षण सिकाइमा अब्बल र नतिजामा उत्कृष्ट भएपछि यी विद्यालय विराटनगरभरि नाम चलेकोमा पर्छन् ।
यात्रुका लागि सहायता कक्ष
चाड–पर्वलाई लक्षित गर्दै बिहीबारबाट धनकुटा बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवसायी सङ्घको संयुक्त पहलमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।
पहिरोपीडितले निःशुल्क मिटरबक्स पाउने
ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो पीडित परिवारले बिजुलीको मिटरबक्स निःशुल्क पाउनेभएका छन् । अस्थायी आवासमा बस्दैआएका साँघुका पहिरो पीडित ६५ परिवारले मिटरबक्स निःशुल्क रूपमा पाउने भएका हुन् ।
उपनिर्वाचनको मिति तय नहुँदै नेताहरूको दौडधुप
इलाम निर्वाचन क्षेत्र २ का प्रतिनिधि सभाका सदस्य सुवासचन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचनको मिति तय नहुँदै दलका नेताको दौडधुप सुरु भएको छ ।
मौसम खुलेपछि देखिएको भेडेटारको सुन्दर दृश्य (फोटो फिचर)
पूर्वको एक महत्त्वपूर्ण पर्यटकीय स्थल हो, भेडेटार । सुनसरी र धनकुटाको सीमा क्षेत्रमा रहेको भेडेटार १४ सय मिटरको उचाइमा अवस्थित छ ।
अपाङ्गता भएकालाई घरमै सामग्री
दमक नगरपालिकाले शारीरिक रूपमा हिँडडुल गर्न नसक्ने अशक्तता भएका समुदायको दैनिक जीवनयापनमा सहजता प्रदान गर्न घरमै सहायता सामग्री पुगाउन सुरु गरेको छ ।
मिटरबक्स ल्याइदिन्छु भनी रकम असुलेर फरार
बिजुलीको मिटरबक्स ल्याइदिन्छु भनेर रकम असुलेर मानेभञ्ज्याङ गाउँपालिका थाक्लेका सुमन बाँस्कोटा फरार भएका छन् ।
वराहक्षेत्रको गुरुयोजनामा सङ्घीय सरकारको बजेट
वराहक्षेत्र नगरपालिकाले वराहक्षेत्र मन्दिर, औलिया बाबा मठ र सूर्यकुण्डको गुरु योजना तयार गरेको छ । नगरपालिकाले वडा नम्बर १ मा रहेका धार्मिक, पौराणिक तथा पर्यटकीय महत्त्व बोकेका क्षेत्रको गुरु योजना तयार गरेको हो ।
दुर्घटनामा एकको मृत्यु, दुई घाइते
झापामा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । शिवसताक्षी नगरपालिका–१० स्थित माइधारमा भएको सवारी दुर्घटनामा परी झापा गाउँपालिका–३ सिमलवारी बस्ने २० वर्षीय भवेश श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपालकै पहिलो स्वचालित सब-स्टेसन बन्ने
मोरङको लेटाङ–२ पैतीसबिघेमा नेपालकै पहिलो स्वचालित बिद्युत सबस्टेसन निर्माण हुनेभएको छ । लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावती र नेपाल विद्युत प्राधिकरण कोशी प्रादेशिक कार्यालय, विराटनगरका प्रमुख उमेशकुमार झाले संयुक्त रूपमा सब-स्टेसनको शिलान्यास गर्नुभयो ।
१४ देशका ४० भन्दा बढी कलाकार खोटाङमा
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोको आयोजनामा बुधबारबाट सुरु भएको “मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी” मा सहभागिता जनाउन १४ देशका कलाकार खोटाङ आएका हुन् ।
सामुदायिक वनले किचलो गर्दा सिमसार संरक्षणको करोडौँ रुपियाँ बालुवामा पानी
कुनै बेला पानीले भरिभराउ भलुवा सिमसार यति बेला जलकुम्भीले भरिएको छ । सामुदायिक वनको आन्तरिक विवादले भलुवा सिमसारको सौन्दर्य करण सम्बन्धी काम ४ वर्ष देखि अलपत्र परेपछि सिमसार क्षेत्रको हालत यस्तो भएको हो ।
सोह्रश्राद्धमा पुरोहितको अभाव
सोह्रश्राद्धको समयमा पूर्वी मोरङमा गुरुपुरोहितको अभाव हुन थालेको छ । संस्कृत माध्यमिक विद्यालयलाई साधारण माविमा परिवर्तन गर्ने र गुरुकुलहरू आर्थिक सङ्कटले सञ्चालन हुन नसकेपछि गुरुपुरोहितको अभाव हुन थालेको हो ।
हरेक कठिन परिस्थितिमा कांग्रेसको भूमिका निर्णायक : नेता डा रिजाल
नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले देशका हरेक कठिन परिस्थितिमा कांग्रेसको भूमिका निर्णायक भएको बताउनुभएको छ । ऐतिहासिक परिवर्तनमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।
रेडपान्डा जोगाउन कुकुरलाई खोप
ताप्लेजुङमा साढे चारसय कुकुर र बिरालोलाई रोविजविरुद्धको खोप र भिटामिन खुवाइएको छ । दुर्लभ वन्यजन्तु रेडपान्डा (हाब्रे) को संरक्षण गर्न कुकुर र बिरालोलाई रेबिजविरुद्ध खोप लगाइएको हो ।
दुर्गन्ध भेटिएपछि पाउरोटी उत्पादनमा रोक
झापाको दमक नगरपालिकाले बजार अनुगमनको क्रममा अनुगमन गर्दा मापदण्ड पूरा नगरी र फोहोरमैलायुक्त रूपमा पाउरोटीलगायतका विभिन्न बिस्कुटहरू उत्पादन गर्दैआएको न्यूहिमालय पाउरोटी उद्योगको उत्पादनमा रोक लगाएको छ ।
भूमिहीन परिवारलाई जग्गाको निस्सा प्रदान
इलामको माङसेबुङ गाउँपालिकामा रहेका अव्यवस्थित तथा भूमिहीन परिवारलाई जग्गाको निस्सा प्रदान गरिएको छ । भूमि आयोगको कार्यक्रमअनुसार गाउँपालिकाले दुई हजार पाँचसय ८५ परिवारलाई जग्गाको निस्सा प्रदान गरेको हो ।