• १५ असोज २०८१, मङ्गलबार

टिपरबाट खसेर एकको मृत्यु

blog

साङ्केतिक तस्बिर ।

राधा लुइँटेल 

फिदिम, पुस १ गते । नेकपा एमालेले फिदिममा आयोजना गरेको आमसभामा सहभागी भएर फर्किंदै गरेका प्रेम सङ्ग्रौलाको टिपरबाट खसेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पॉचथरका प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार हिलिहाङ ५ सुभाङका ४८ वर्षीय सङ्ग्रौला पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको कार्यक्रममा सहभागी भएर फर्किने जोरसाल बजार नजिकै मध्यपहाडी राजमार्गमा टिपरको छतबाट खसेका थिए । 

उहाँको घटनास्थलमै मृत्यु भएको हाे । यस्तै, प्रहरीले टिपरको नम्बर र गाडी चालकको नाम खुलाएको छैन । 

एमालेले सुरु गरेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा अन्तर्गत ओलीले शनिबार पॉचथरको फिदिममा सम्बोधन गर्नुभएको थियो ।