• १४ मंसिर २०८१, शुक्रबार

स्यालको टोकाइबाट बालकको मृत्यु

blog

जयकृष्ण यादव  
इनरुवा, पुस २ गते ।
सुनसरीको कोशी गाउँपालिका–५ कुम्याहीमा स्यालको टोकाइबाट एक बालकको मृत्यु भएको छ । स्थानिय राष्ट्रिय शारदा आधारभूत विद्यालयमा अध्ययनरत ८ वर्षीय बालक कुन्दन सदाको ज्यान गएको हो ।

कुम्याही कोशी–५ मा कक्षा–२ मा अध्ययनरत कोशी–५ कुम्याहीका कुन्दन सदालाई मङ्सिर १५ गते स्यालले टोकेर घाइते भएकोमा उपचारकै क्रममा आइतबार साँझ कोशी अस्पताल विराटनगरमा निधन भएको स्थानिय शिक्षक सागर पण्डितले जानकारी दिनु भएको छ । पण्डितले सदाको निधन खबरले गाउँ नै सोकमा डुबेको बताउनुभयो ।