• १५ असार २०८२, आइतबार

असार १५ विशेष ‘स्वास्थ्य संवाद’

‘दही चिउरा पेटको लागि लाभदायी हुन्छ’

blog

जनस्वास्थ्यविद् डा.अरुणा उप्रेती

काठमाडौं, असार १४ गते । असार १५ अर्थात दहि चिउरा खाने दिने । यो दिनमा खेतमा रोपाइँ गर्दै दही चिउरा खाएर मनाउने गरिन्छ । असार कामको चाप बढी हुनेभएकोले  छिटो तयार गर्न सकिने र स्वादिलो खाना खानाका रुपमा दही चिउरा खाने चलन चलेको हुन सक्ने विज्ञको भनाइ छ । 

दही–चिउरा चाँडो तयार पार्न सकिने मिठो खाजा हुनुका साथै स्वास्थ्यका हिसाबले  पोषिलो र लाभदाही रहेको  जनस्वास्थ्यविद् डा.अरुणा उप्रेती बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “दही चिउरा सजिलै पच्ने, छिटो तयार हुने र स्वादिलो मात्र नभई स्वास्थ्यका हिसाबले पनि अत्यन्त लाभदायक हुन्छ ।”  

दैनिक खानामा दही चिउरा समावेश गर्दा पाचन प्रणाली बलियो हुनुका साथै शरीरको लागि  उर्जा प्रदान गर्ने डा.उप्रेतीको भनाइ छ । विभिन्न गुणले भरिपूर्ण दही र चिउराको सेवन गर्नु शारीरिक तथा मनसिक स्वास्थ्यका हिसाबले लाभदाही हुने उहाँको भनाइ छ । 

दही–चिउरा अचार, तरकारी,अनय गेडागुडीसँग मिसाएर खाँदा अझ पूरक र पोषिलो हुने डा.उप्रेतीले बताउनुहुन्छ ।  दहीमा  गुड ल्याक्टोब्यासिलस ब्याक्टेरिया हुने भएकाले शरीरमा फाइदा गर्ने उहाँको भनाई छ । उहाँका अनुसार दहीमा क्याल्सियम, सोडिमय, पोटासियम र भिटामिन प्रसस्थ मात्र पाइन्छ ।  चिउरा कार्बोहाइड्रेड राम्रो स्रोत हो । त्यसका अलावा आइरन र प्रोटिन पाइने गर्छ । 

दहीमा चिउरा मिसाएर खाँदा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, पोटासियम र भिटामिन पर्याप्त मात्रामा प्राप्त गर्न सकिने डा.उप्रेती बताउनुहुन्छ । दहीमा क्याल्सियम र मिनरल बढी मात्रामा पाइने हुँदा पेट गडबडी हुँदा, पखाला लागेको समयमा दहीको सेवन गर्दा पखाला छिटो निको हुने उहाँ बताउनुहुन्छ ।  

दैनिक खाजाको रुपमा खाँदा स्वास्थ्यका हिसाबले उपयुक्त हुने उहाँको  भनाइ छ । चिउरामा प्रशस्त कार्बोहाइड्रेड भएकाले शरीरमा शक्ति प्रदान गर्ने डा.उप्रेतीको भनाइ छ ।  चिउरा पकाउनु नपर्ने भएकाले जुनसुकै परिकारका साथ जहाँ बसेर पनि खान सकिन्छ ।दही चिउरा जुनसुकै उमेर समूहका लागि उपयुक्त हुने उहाँ बताउनुहुन्छ । असार १५ मा खाइने दही चिउरा स्वास्थ्यका हिसाबले कतिको फाइदा जनक छ भन्ने विषयमा केन्द्रितभई जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीसँग गरिएको भिडियो संवाद :

भिडियोः मनोरत्न शाही र केशब गुरुङ

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।