माघे सङ्क्रान्ति देशभर नै विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ। तर, केही समुदायले माघीलाई प्रमुख चाडका रूपमा मनाउने गर्छन्। माघी नेपालमा बसोबास गर्ने थारू समुदायले मनाउने प्रमुख चाड हो ।
जिल्ला खोप समन्वय समिती र सञ्चार क्षेत्रको अभिमुखीकरण कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीले काठमाडौंका एक लाख १० हजार २६३ किशोरीलाई पाठेघरको मुख क्यान्सर बनाउने एच पि भी विरुद्धको खोप लगाइने जानकारी दिनुभयो ।
लागुऔषधको सेवन विश्वमै गम्भीर समस्याको रूपमा देखापर्दै गएको छ । लागुऔषध सेवनले मानसिक स्वास्थ्य समस्या देखिनुका साथै परिवार, समाज र राष्ट्रमै नकारात्म असर पर्ने जानकार बताउँछन् ।
महिलाको शरीर, अनुहारमा अनावश्यक रौँ, दाह्री आउने समस्या बढ्दो छ । अनावश्यक रौँ, दाह्री आउने समस्या लिएर दिनमा दुई तीन जना जना परामर्शका लागि छालारोग विशेषज्ञसम्म पुग्ने गर्छन् ।
चीन, भारत लगायत देशमा पछिल्लो समय फैलिएको रुघाखोकीसँग सम्बन्धित ह्युमन मेटान्युमो (एचएमपिभी) भाइरस तिव्र गतिमा फैलिरेहको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले अस्पतालले सञ्चालन गरेको फार्मेसीमा औषधी पाउँदैन भन्नु गैरकानुनी भएको बताउनुभएको छ । कान्ति बाल अस्पतालको ६३ औँ वार्षिकोत्सवको अवसरमा मन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।
जाडो मौसममा इन्फ्लुएन्जा अर्थात् मौसमी फ्लुले धेरै दुःख दिने गर्छ। यो इन्फ्लुएन्जा भाइरसका कारणले लाग्ने संक्रामक रोग हो।
सरकारले माघ २२ गतेबाट १६ लाख बालबालिकालाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपिभी)खोप अभियान सुरु गर्ने भएको छ।
पछिल्लो समय व्यस्त जीवनशैली र भागदौडले गर्दा भिटामिन ‘डी’ को कमी हुनेको सङ्ख्या बढ्दै गएको छ । घरभित्र बसेर काम गर्ने, घाममा धेरै नबस्ने मानिसमा भिटामिन डि कमी हुने चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार रगतमा ३० देखि ३५ भन्दा बढी युनिट भिटामिन डि आवश्यक पर्छ ।
चिसो दिन प्रतिदिन बढ्दै गइरहेको छ । चिसो बढेसँगै शरीरलाई न्यानो बनाइराख्न दाउरा, कोइला, मकलको प्रयोग गरि आगो बाल्ने, हिटर बाल्ने गरिन्छ । त्यस्तै, तातो पानीने नुहाउन ग्यास गिजरको प्रयोग गरिन्छ । के तपाईलाई थाहा छ, चिसोबाट बच्न अपनाइने यस्ता उपकरण प्रयोग गर्दा हेलचेक्राई गरियो भने ज्यानै जान सक्छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले आगामी शैक्षिक सत्रदेखि टोमोथेरापी मेसिन सञ्चालन गर्ने जनशक्ति उत्पादन गर्ने भएको छ । क्यान्सरको उपचार गर्ने प्रविधि टोमोथेरापी मेसिन ल्याएको एक वर्ष पुगेको अवसरमा प्रतिष्ठानका भिसि डा. भुप्रेन्द्र बस्नेतले न्याम्सले आगामी शैक्षिकसत्रदेखि टोमोथेरापी मेसिन सञ्चालन गर्ने जनशक्ति उत्पादन गर्ने बताउनुभयो ।
व्यस्त र प्रतिस्पर्धात्मक जीवनशैलीका कारण धेरै मानिस तनावबाट गुज्रिरहेका छन् । लामो समयसम्म तनावमा बस्दा एकाग्रता नहुने, ध्यान केन्द्रित गर्न नसक्नु, मानसिक तथा शारीरिक स्वास्थ्य समस्या निम्तने गर्छ । पछिल्ला वर्षहरूमा तनावले गर्दा मानसिक तथा शारीरिक रूपमा अस्वास्थ्य बन्दै गएका छन् । यदि तनाव यही हिसाबले बढ्दै जाने हो भने भविष्यमा मानसिक समस्या अर्को महामारीका रूपमा देखा पर्न सक्ने भन्दै सचेत रहन युएनले चेतावनी दिएको छ । तनाव र रोग मुक्त हुन ध्यान रोज्नेको सङ्ख्या पनि बढ्दै गएको छ ।
चिसो बढ्दै जाँदा विभिन्न सर्ने तथा नसर्ने रोगले दुःख दिने गर्छ । जाडोमा बढ्ने प्रमुख स्वास्थ्य समस्यामध्ये मुटुरोग पनि एक हो । अन्य मौसमको तुलनामा जाडोमा मुटुको समस्याले बढी दुःख दिने चिकित्सक बताउँछन् ।
पछिल्लो समय जलवायुका कारणले विभिन्न स्वास्थ्य समस्या बढ्र्दै गएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धानकर्ता डा.मेघनाथ धिमालका अनुसार विश्वव्यापी हुने रोगको भार मध्ये एक चौथाई अर्थात २५ प्रतिशत (लगभग १३ मिलियन)को मृत्यु वातावरणीय जोखिमको कारणले हुने अनुमान गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नागरिकको योगदानमा आधारित स्वास्थ्य बिमा कार्यक्रम आवश्यक भएको बताउनुभएको छ ।