नेपालमा सन् २०३० भित्र एचआईभी नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न चुनौती थपिदै गएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।
नेपालमा ओमिक्रोनको सब भेरिएन्ट (पछिल्लो पुस्ता) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेसिङ गर्दा नेपालमा ओमिक्रोनका विभिन्न सवभेरिएन्ट पुष्टि भएको जानकारी दिनुभयो ।
डा. बुढाथोकीका अनुसार साउदी अरबबाट नेपाल फर्किएका ३७ वर्षिक एक पुरुषमा एमपक्सका लक्षण देखिएपछि परीक्षण गर्दा पुष्टि भएको हो ।
यो मौसममा दुषित पानी बासी सडेगलेका फलफूल तथा तरकारीको प्रयोगले झाडापखालाका बिरामी बढ्ने डा.शर्मा बताउनुहुन्छ ।
उपचारात्मक सेवा महाशाखाले आयोजना गरेको एक कार्यक्रममा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा व्यवस्थापन शाखा प्रमुख डा.फणिन्द्रप्रसाद बरालले तीन तहको सरकारको समन्वयको अभावले आधारभूत स्वास्थ्य सेवा प्रभावकारी ढङ्गले सञ्चालन हुन नसकेको बताउनुभयो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत कीटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार पुसयता ७२ जिल्लामा एक हजार ३०३ जनामा डेंगु पुष्टि भएको हो।
नेपालमा डेङ्गु, कोरोनालगायतका सङ्क्रामक रोग बढ्दो क्रममा छन् । पछिल्लो समय कोभिड–१९ को सङ्क्रमण छिमेकी मुलुक भारतलगायत एसियाली देशमा तीव्र गतिमा फैलिँदै गएको छ ।
वीर अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा. दिपेन्द्र श्रेष्ठ जन्मजात, बढ्दो उमेर र कानमा हुने सङ्क्रमणका कारण बहिरोपनको समस्या निम्तने बताउनुहुन्छ ।
नेपालमा पहिलो पटक ट्रान्सजेन्डर व्यक्तिको लिङ्ग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) गरिएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्लास्टिक सर्जरी विभागीय प्रमुख पाडा. जयनमान श्रेष्ठले आइतबार पत्रकार सम्मेलन गर्दै नेपालमै पहिलोचोटी सेक्स चेन्ज अपरेसन (मेल टु फिमेल) सम्पन्न गरिएको जानकारी दिनुभयो ।
सिंहदरबार वैद्यखाना विकास समितिले सौन्दर्य प्रसाधनका सामग्रीको उत्पादन गर्ने भएको छ । वैद्यखानाका कार्यकारी निर्देशक डा प्रदीप केसीले ‘प्रथम पञ्चवर्षीय रणनीतिक योजना २०८२’ सार्वजनिक गर्दै सौन्दर्य प्रसाधनका सामग्रीको उत्पादन गर्ने योजना रहेको जानकारी दिनुभएको हो ।
पानी पर्ने मौसम सुरु भएसँगै डेङ्गु लगायतका कीटजन्य रोगको सङ्क्रमण पनि बढ्ने गर्छ ।
निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा कम्प्युटरको माध्यमबाट घुँडा प्रत्यारोपण गर्ने सेवा सुरु भएको छ ।
क्यान्सर विजेताले क्यान्सर लाग्दैमा मृत्यु नहने बताएका छन्। क्यान्सर जित्ने समूहले आयोजना गरेको ३८ औँ राष्ट्रिय क्यान्सर सर्भाइभर्स दिवसको अवसरमा सहभागी क्यान्सर विजेताले क्यान्सर लाग्दैमा मृत्यु नहुने बताएका हुन्।
भारत लगायतका देशमा तीव्र गतिमा फैलिएको भाइरस हालसम्म नेपालमा भने पुष्टि नभए पनि कोरोनाले पुनः भयावहको अवस्था त आउने होइन भनेर धेरैमा मनमा त्रास छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२ /८३ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको बजेटमा गत आर्थिक वर्षको तुलनामा नौ अर्ब ५७ करोड रुपियाँले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेट विनियोजनमा वृद्धि भएको हो ।