प्लास्टिक सर्जरी सौन्दर्य बढाउन मात्र प्रयोग गरिन्छ भन्ने गलत बुझाइले गर्दा सरकारको प्राथमिकतामा पर्न नसकेको प्लास्टिक सर्जनको गुनासो छ ।
चीन सरकारबाट अनुदानमा आएको सिनोभ्याक खोप नष्ट गर्ने विधि पत्ता लागेको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखा दयाकृष्ण पन्तले म्याद गुज्रिएको खोप इन्सुलेटर विधिबाट नष्ट गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
दैनिक बिरामी र बिरामीका कुरुवाले भरिभराउ देखिने वीर अस्पताल मङ्गलबार सुनसान देखियो । मङ्गलबार अस्पतालको ओपिडी काउन्टर बन्द थियो, नियमित चेकजाँचका लागि आएका बिरामी काउन्टर अगाडि टाँसेको सूचना पढ्दै चिकित्सकको पर्खाइमा थिए ।
उपभोक्ता अदालत र नेपाल चिकित्सक सङ्घबिचको विवाद पेचिलो बन्दै गएको छ । चिकित्सक सङ्घले उपभोक्ता संरक्षण ऐन, २०७५ मा आवश्यक संशोधनका लागि दबाब दिन सोमबारबाट आकस्मिक बाहेकका सेवा ठप्प गर्नेदेखि प्रमाणपत्र फिर्ता गर्ने सम्मको आन्दोलनका कार्यक्रम घोषणा गरेसँगै विवादले नयाँ मोड लिएको छ ।
वीर अस्पतालले डिजिटल प्रविधिबाट शल्यक्रिया गरी नमिलेको टाउको मिलाएको छ । अस्पतालले प्युठानकी एक वर्षीया बालिकाको डिजिटल प्रविधिबाट शल्यक्रिया गरेर नमिलेको टाउको मिलाएको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले यो वर्ष ६० हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि हुने आंकलन गरिएको जानकारी दिनुभयो ।
दुई वर्षअघि गाईभैँसीमा महामारीको रूपमा देखिएको लम्पी स्किनको सङ्क्रमण पुनः देखिन थालेको छ । यो वर्ष सुरु भएदेखि मोरङ, रुकुम र रुकुमपश्चिम गरी तीन वटा जिल्लामा यो रोग पुष्टि भएको पशुसेवा विभागले उल्लेख गरेको छ ।
उपभोक्ता अदालतले उपचार लापरबाही भएको भन्दै अस्पताल र उपचारमा सङ्लग्न चिकित्सकलाई क्षतिपूर्ति तिराउने फैसलासँग चिकित्सक क्षेत्र त्रसित बनेको छ ।
दही–चिउरा चाँडो तयार पार्न सकिने मिठो खाजा हुनुका साथै स्वास्थ्यका हिसाबले पोषिलो र लाभदाही रहेको जनस्वास्थ्यविद् डा.अरुणा उप्रेती बताउनुहुन्छ ।
नेपालमा सन् २०३० भित्र एचआईभी नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न चुनौती थपिदै गएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।
नेपालमा ओमिक्रोनको सब भेरिएन्ट (पछिल्लो पुस्ता) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेसिङ गर्दा नेपालमा ओमिक्रोनका विभिन्न सवभेरिएन्ट पुष्टि भएको जानकारी दिनुभयो ।
डा. बुढाथोकीका अनुसार साउदी अरबबाट नेपाल फर्किएका ३७ वर्षिक एक पुरुषमा एमपक्सका लक्षण देखिएपछि परीक्षण गर्दा पुष्टि भएको हो ।
यो मौसममा दुषित पानी बासी सडेगलेका फलफूल तथा तरकारीको प्रयोगले झाडापखालाका बिरामी बढ्ने डा.शर्मा बताउनुहुन्छ ।
उपचारात्मक सेवा महाशाखाले आयोजना गरेको एक कार्यक्रममा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा व्यवस्थापन शाखा प्रमुख डा.फणिन्द्रप्रसाद बरालले तीन तहको सरकारको समन्वयको अभावले आधारभूत स्वास्थ्य सेवा प्रभावकारी ढङ्गले सञ्चालन हुन नसकेको बताउनुभयो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत कीटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार पुसयता ७२ जिल्लामा एक हजार ३०३ जनामा डेंगु पुष्टि भएको हो।