पुसबाट फैलिएको डेंगु असोजमा आइपुग्दा ७६ जिल्लामा फैलिएको छ। यही तरिकाले बढ्दै गएमा दसैँमा डेंगु भयावह हुन सक्ने विज्ञको आकलन छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार पुसदेखि हालसम्म देशभर ११ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ भने छ जना सङ्क्रमितको मृत्यु भएको छ ।
पछिल्लो समय अल्जाइमर तथा डिमेन्सिया रोग बढ्दै गएको छ । विश्व स्वास्थ्य सङ्गठनले विश्वमा प्रत्येक वर्ष करिब एक करोड नयाँ डिमेन्सियाका बिरामी थपिने अनुमान गरिएको छ ।
शिलान्यास भएको चार वर्ष पुग्दा पनि निर्माण हुन सकेनन् आधारभूत अस्पताल । आर्थिक वर्ष २०७७-७८ को नीति तथा कार्यक्रममा भूगोल र जनसङ्ख्याका आधारमा हरेक स्थानीय तहमा पाँच देखि १५ शय्याका आधारभूत अस्पताल स्थापना तथा स्तरोन्नति गर्ने उल्लेख भएबमोजिम २०७७ साउन २८ गते ३९६ र पुस १२ गते २६१ गरी ६५७ वटा अस्पताल निर्माण गर्न सुरु गरिएको थियो ।
आत्महत्याको विषयमा खुलेर कुरा गरेमा यसलाई न्यूनीकरण गर्न सकिने मानसिक अस्पतालका निर्देशक डा.अनन्त अधिकारी बताउनुहुन्छ। नेपालमा पछिल्लो केही वर्षदेखि आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बाँके, कैलाली चितवन र सुनसरी गरी चार जिल्लाबाट छ जना जापानिज इन्सेफलाइटिस संक्रमितको मृत्यु भएको जानकारी दिनुभयो ।
तिजको दिन विशेषगरी नेपाली हिन्दु नारीले व्रत बस्ने प्रचलन छ । कतिपयले यो दिन पानी पनि नपिई व्रत बस्न गर्दछन् । वरिष्ठ पोषणविद् प्रा.डा.मनसा थापा ठकुराठीले व्रत बस्नु शरीरका लागि स्वास्थ्यकर भएको बताउनुहुन्छ ।
तिजको अघिल्लो दिन माइतीले (बाबु आमा, दाजुभाइ) छोरी–चेलीलाई घरमा बोलाई मीठा–मीठा परिकार पकाएर दर खुवाउने गर्दछन् । दरमा ठाउँ अनुसार विभिन्न मिठा–मिठा परिकार साथै खिर, ढकने, सेल रोटी, केरा लगायतका खाना, फलफूल खाने प्रचलन छ ।
क्यान्सरका बिरामीले सबै प्रदेशबाट उपचार पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ पारित गरेसँगै यो सम्भव भएको हो ।
हाल अफ्रिकी मुलुकमा तीव्र रूपमा फैलिरहेको मङ्कीपक्स सङ्क्रमणबाट पाँच सयभन्दा बढीको मृत्यु भइसकेको छ । अफ्रिकी मुलुकमा मात्र सीमित यो रोग केही वर्षदेखि विश्वका विभिन्न देशमा देखिँदै आएको छ ।
जीवन रक्षाका लागि आफ्नो कार्यक्षेत्रमा अहोरात्र खटिने हुँदा बिरामीले चिकित्सकलाई आधुनिक युगका भगवान् भनेर सम्मान गर्छन् । तथापि चिकित्सकले सेवा गर्दैगर्दा त्रुटि गरेमा दुर्व्यवहार पनि उत्तिकै हुन्छ ।
हिन्दु धर्म अनुसार जनै पूर्णिमामा जनै लगाउने र क्वाँटी खाएर मनाउने प्रचलन छ । जनै पूर्णिमाको दिन टुसा उमारेर क्वाँटी खाँदा जति स्वादिलो हुन्छ स्वास्थ्यका हिसाबले त्यती नै फाइदाजनक हुने पोषणविद् बताउँछन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाको दायर एक लाखबाट बढाएर पाँच लाख पुर्याउने प्रस्ताव राख्नुभएको छ । सरकारको सबैभन्दा प्राथमिकताको केन्द्रबिन्दुमा रहेकाे स्वास्थ्य बिमा कार्यक्रम अस्तव्यस्त अवस्थामा पुगेको बेला मन्त्री पौडेलले यस्तो प्रस्ताव ल्याउनुभएको हो ।
शिशु जन्मिएको एक घण्टाभित्र आमाको बिगौती दुध खुवाउन चिकित्सकको आग्रह छ । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. शैलेन्द्र वीर कर्माचार्यले आमाको दुध शिशुको लागि अमृत समान हुने हुँदा शिशु जन्मिएको एक घण्टा भित्र आमाको बिगौती दुध खुवाउन आग्रह गर्नुभएको हो ।
गर्मी तथा वर्षयाममा हैजाको जोखिम बढ्ने गर्छ । जुनदेखि सेप्टेम्बर महिनामा हैजालगायत अन्य प्रकारका झाडापखाला प्रकोप देखिने चिकित्सक बताउछन् । को तथ्याङ्क अनुसार साउन यता काठमाडौँ, ललितपुर र कैलाली गरी तीन जिल्लाबाट २५ जनामा हैजा पुष्टि भएको छ ।