• ८ माघ २०८१, मङ्गलबार

तनाव र रोग मुक्त हुन ध्यान

blog

काठमाडौं,पुस ५ गते । व्यस्त र प्रतिस्पर्धात्मक जीवनशैलीका कारण धेरै मानिस तनावबाट गुज्रिरहेका छन् । लामो समयसम्म तनावमा बस्दा एकाग्रता नहुने, ध्यान केन्द्रित गर्न नसक्नु, मानसिक तथा शारीरिक स्वास्थ्य समस्या निम्तने गर्छ । पछिल्ला वर्षहरूमा तनावले गर्दा मानसिक तथा शारीरिक रूपमा अस्वास्थ्य बन्दै गएका छन् । यदि तनाव यही हिसाबले बढ्दै जाने हो भने भविष्यमा मानसिक समस्या अर्को महामारीका रूपमा देखा पर्न सक्ने भन्दै सचेत रहन युएनले चेतावनी दिएको छ । तनाव र रोग मुक्त हुन ध्यान रोज्नेको सङ्ख्या पनि बढ्दै गएको छ । 

ध्यान के हो ?

ध्यान योगको एक अंश हो । ध्यान गुरु राजेश खड्काका अनुसार आखाँ बन्द गर्नुमात्र ध्यान होइन । ध्यान गरेर मनलाई वर्तमान अवस्थामा राख्न आवश्कय पर्छ । ध्यान भनेको भावशून्य अवस्थामा रहनु हो । ध्यान मानसिक एकाग्रता र आत्म–चेतनाको अभ्यास हो । ध्यानले मनलाई शान्त पर्नुका साथै तनाव घटाउँदै लैजान मद्दत गर्छ । तनावग्रस्त जीवनबाट मुक्त पाउन ध्यान आवश्यक पर्ने खड्काको ठहर छ । उहाँका अनुसार ध्यान विभिन्न प्रकारले गर्न सकिन्छ जस्तै सासको ध्यान, मन्त्र जप्ने, मार्गदर्शित ध्यान, वा बसि–ध्यान गर्ने ध्यान । 

ध्यान किन गर्ने ?

शरीरलाई स्वस्थ राख्न दैनिक विभिन्न उपाय अपनाए जसरी मनलाई स्वस्थ बनाउन ध्यान आवश्यक पर्छ । दैनिक जीवनमा जे जस्तो राम्रो नराम्रो हुन्छ मनको कारणलेनै हुन्छ । मन स्वच्छ शान्ता छैन भने दृष्टिकोण पनि स्प्रष्ट हुँदैन । यदि मन शान्ता भएन भने चाहे जस्तो काम गर्न सकिर्दैन । ध्यान केन्द्रीत गर्न र मनलाई वर्तमान अवस्थामा राख्न ध्यानको आवश्कय पर्छ । ध्यानले मनलाई शुद्ध राख्न मद्दत गर्छ ।

उहाँका अनुसार मन बलियो छैन भने जस्तो सुकै कुराले पनि तनाव हुने गर्छ । तनावलाई बाहिर निकाल्ने कुनै विधि नहुँदा मानिस मानसिक र शारीरिक रुपमा कमजोर बन्दै गइन्छ । ध्यानले तनाव, अनावश्यक विचार हटाइदिएर शरीर हल्का बनाउने गर्छ । ध्यानले तनाव कम गर्छ, एकाग्रता बढ्छ, आत्म–चेतना बढ्छ, सहनशीलता, धैर्यता, र सकारात्मक सोचको विकास गर्न मद्दत गर्छ । 

ध्यान गर्दा हुने फाइदा 

विज्ञानले ९८ प्रतिशत रोग मनोवैज्ञानिक कारणले गर्दा लाग्ने पुष्टि गरिसकेको खड्का बताउनुहुन्छ । उहाँका अनुसार रोग मानिसको मनबाट सुरु हुन्छ । 

उहाँ भन्नुहुन्छ,“रिसाउँदा, दुखी हुँदा श्वासको गतीमा परिवर्तनआई श्वासप्रश्वासको गतिमा अवरोध आउने गर्छ । शरीरमा श्वासप्रश्वाको गति राम्रो हुँदैन तब शरीरमा रक्तसंचार राम्रोसँग हुँदैन । शरीरमा रक्तसंचार नहुँदा शरीरमा भएका तन्तुहरुको विकास हुन पाउँदैन र रोग लाग्ने गर्छ ।” 

ध्यान गर्दा दिमाग बलियो हुने खड्का बताउनुहुन्छ । खड्का अनुसार जब मन बलियो हुन्छ जस्तो सुकै समस्याबाट जुध्न सकिन्छ । मन कमजोर हुँदा शरीर स्वास्थ्य भएपनि चाहेको जस्तो प्रतिफल पाउन सकिर्दैन । ध्यानले शारिरीक तथा मानसिक रुपमा बलियो बनाउन मद्दत गर्छ । 

नियमित ध्यान गर्नाले तनावमुक्त हुनुका साथै रोगबाट छुटकार पाउन सकिन्छ । नियमित ध्यान गर्नाले तनावमुक्त भइने हुँदा मानसिक स्वास्थ्यमा पनि सुधार आउने उहाँ बताउनुहुन्छ । शक्ती उर्जा दिने काम ध्यानले गर्छ । शक्ती मिलेपछि जीवनमा आएका समस्यालाई सामाना गर्न सकिन्छ । ध्यानले जीवनमा स्पष्टता दिर्दै जान्छ । ध्यानले मानसिक र शारीरिक स्वास्थ्यका साथै जीवनको गुणस्तर सुधार गर्छ। यसको लाभ प्राप्त गर्न नियमित अभ्यास आवश्यक छ।

ध्यान कति बेला गर्ने 

ध्यान ब्रम्हा मुहूर्तको समयमा गर्नु उपयुक्त मानिन्छ । त्यो बाहेक खाना खानु अगाडी खाली पेटमा,सूर्योदय र सूर्यअस्त हुनुभन्दा पहिले ध्यान गर्नु उपयुक्त मानिन्छ । ध्यान मात्र यस्तो चिज हो जुन सबै उमेर समुहका मानिसले गर्न सक्छन् । ध्यान जस्तोसकै अवस्थामा पनि गर्न सकिन्छ। ध्यान आँखा चिम्लिएरै गर्नुपर्छ भन्ने पनि छैन। ध्यान गर्न पलेटी मारेर बस्नुपर्छ भन्ने पनि छैन। शरीरको अवस्था हेरी सहज तरिकाले कुर्सी या म्याटमा बसेर पनि ध्यान गर्न सकिन्छ। ध्यान गर्दा हाम्रो मेरुदण्डलाई भने सिधा राख्नुपर्छ।

ध्यानको विषयमा विश्वको ध्यानकर्षण गर्ने उदेश्यले शनिवार पहिलो विश्व ध्यान दिवस मनाइर्दै छ ।  

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।