कोभिड–१९ सर्वमहामारीले विश्वभर ठुलो आर्थिक तथा मानवीय क्षति पुर्यायो । कोरोना सङ्क्रमणका कारण लाखौँ मानिसको मृत्यु भयो । कोरोना भाइरसले केवल मानिसको ज्यान मात्रै लिएन शुक्रकीटमा पनि गम्भीर असर पुर्याउने तथ्य फेला परेको छ । मुसामा गरिएको एक नयाँ अध्ययन अनुसार कोरोना सङक्रमणले भाले मुसाको शुक्रकीटलाई परिवर्तन गरेको छ । जसका कारण उसको नयाँ सन्तानमा एन्जाइटी बढ्छ ।
यो महामारी लामो समयसम्म चल्दाको परिणाम हुन सक्छ जसले आगामी पुस्तालाई प्रभावित गर्ने छ । अस्ट्रेलियाको मेलवर्नस्थित फ्लोरी इन्स्टिच्युट अफ न्युरो साइन्स एन्ड मेन्टल हेल्थका वैज्ञानिकहरूले यो नयाँ खोज गरेका हुन् ।
शोधकर्ताका अनुसार सुरुमा भाले मुसालाई कोरोना भाइरसबाट सङ्क्रमित पारियो । त्यसपछि सङ्क्रमित भाले मुसालाई स्वस्थ पोथी मुसासँग संसर्ग गर्न लगाइयो । त्यसबाट पैदा भएको बच्चाको स्वास्थ्य तथा व्यवहार जाँचियो । शोधकर्ता एलिजाबेथ क्लेमेनका अनुसार सङ्क्रमित पिताका बच्चामा चिन्तायुक्त व्यवहार बढी देखियो । जबकि स्वस्थ पिताका बच्चामा चाहिँ त्यस्तो व्यवहार देखिएन ।
सङक्रमित भाले मुसाका सबै बच्चामा त्यस्तो प्रभाव देखिएको थियो । अझ पोथी बच्चाको मस्तिष्कको हिप्पोक्याम्पस नामक भागको कतिपय जिनको गतिविधिमै परिवर्तन आयो । मस्तिष्कको सो भागले भावनालाई नियन्त्रण गर्दछ । वैज्ञानिक क्यारोलिना गुबर्टका अनुसार उक्त परिवर्तन एपिजेनेटिक इन्हेरिटेन्स (वंशाणुगत तर डिएनमा परिवर्तनबिनाको) तथा मस्तिष्कको विकासमा हुने गडबडीबाट उत्पन्न हुन सक्छ, जसले चिन्तामा वृद्धि गर्दछ ।
यो यस्तो खालको पहिलो अध्ययन हो जसले कोरोना सङ्क्रमित पिताबाट जन्मिएका बच्चामा दीर्घकालीन असर पर्न सक्ने देखाउँछ । कोरोना भाइरसले पिताको शुव्रmकीटको आरएनएको त्यस भागमा परिवर्तन ल्याइदिन्छ जसले मस्तिष्कको विकाससँग सम्बन्धित जिनलाई नियन्त्रण गर्दछ ।
यद्यपि यो अध्ययन मुसामा गरिएको हो र मानिसमा अध्ययन गर्न बाँकी नै छ ।
कोभिड सर्वमहामारीबाट विश्वमा ७० लाखभन्दा धेरै मानिसको मृत्यु भएको थियो । महामारीले मानसिक स्वास्थ्यलाई पनि नराम्रोसँग प्रभावित ग¥यो । यसबाट युवा वर्ग सबैभन्दा धेरै पीडित भए किनभने लकडाउनले उनीहरूको सामाजिक जीवन खोसेको थियो ।
–युवामञ्च