प्रवीण कुमार शर्मा
रौतहट, मंसिर २१ गते । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवको शपथ ग्रहण आज (आइतबार) हुने भएको छ ।
नवनियुक्त मुख्यमन्त्री यादवको शपथ ग्रहण समारोह मधेश भवन जनकपुरमा आज १०ः३० बजेबाट सुरु हुने नेपाली काँग्रेस मधेश प्रदेश सूचना सञ्चार प्रसार विभाग प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिनुभयो ।
नेपाली काँग्रेस संसदीय दलका नेता यादवलाई मधेश प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम शुक्रवार मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल, जसपा नेपाल , जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र नेकपा (एकीकृत समाजवादी) गरी छ वटा राजनीतिक दलको ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा यादव मुख्यमन्त्री नियुक्त हुनु भएको छ ।