पुरुषमा देखा पर्ने गम्भीर स्वास्थ्य समस्यामध्ये प्रोस्टेट क्यान्सर एक हो । विश्वमा आठ जनामध्ये एक जनामा यो क्यान्सर देखिने गर्छ । वर्षमा एक लाख जनसङ्ख्यामा २.९ प्रतिशत नयाँ बिरामी पत्ता लाग्ने गर्छन् । प्रोस्टेड क्यान्सर भएकामध्ये २७.३८ प्रतिशतको मृत्यु हुने गर्छ । विश्वमा सन् २०२० मा १४ लाख नयाँ पोस्टेट क्यान्सरका बिरामी भेटिएका थिए भने तीन लाख ७५ हजार पुरुषको मृत्यु भएको थियो ।
सरकारले सन् २०३० सम्म पूर्ण स्तनपान गर्नेको सङ्ख्या बढाएर ९० प्रतिशतसम्म पुर्याउने लक्ष्य लिएको छ । तर, सरकारी तथ्याङ्कले नेपालमा पूर्ण स्तनपान गराउनेको सङ्ख्या घटदै गएको देखाएको छ।
नेपाल कृषिप्रधान देश भएकाले साउनमा खेती गरेर थाकेको शरीरलाई ऊर्जा प्रदान गर्न खिर खाने चलन चलाएको हुन सक्ने जानकार बताउँछन् ।
कलेजो ट्रान्सप्लान्ट सर्जन डा.सञ्जयकुमार यादवका अनुसार हेपाटाइटिस कलेजोको एक गम्भीर रोग हो जुन विभिन्न भाइरसको सङ्क्रमणको कारणले लाग्ने गर्छ । विश्वमा भाइरस हेपाटाइटिसबाट हुने मृत्यु बढ्दो छ ।
छत्रपाटी निःशुल्क चिकित्सालय काठमाडौँमा रहेको पुरानोे सामुदायिक अस्पताल मध्येको एक हो । काठमाडौँ महानगरपालिकाको वडा नम्बर १७ मा अवस्थित यो अस्पतालको स्थापना बिस २०१३ सालमा स्थानीयले १० रुपियाँबाट भएको हो ।
बच्चा जन्माउने क्षण महिलाको जीवनकै सबैभन्दा पीडादायी पल हो । प्रसवको बेलामा श्रीमानसँगै बसिदिँदा पीडा सहने शक्ति मिल्ने सेवाग्राही बताउँछन् । सर्लाहीका रामहरी शाह चौथो पटक पिता बन्नुभएको छ ।
जनस्वास्थ्य विज्ञ डा.अरुणा उप्रेतीले अध्याधिक गर्मीको कारणले शरीरमा पानीको मात्र घट्नुका साथै फुड पोइजन, झाडापखाला लगायतका पेटसँग सम्बन्धित स्वास्थ्य समस्या निम्तने हुँदा खानेकुरामा विशेष ध्यान दिन आग्रह गर्नुभएको हो ।
पछिल्लो समय देशका विभिन्न भागमा लम्पी स्किनको कारण गाईभैँसीमा सङ्क्रमण हुने क्रम बढ्दो छ । दुई वर्षअघि गाईभैँसीमा महामारीको रूपमा देखिएको सङ्क्रमणदर पुनः बढ्न थालेको हो ।
प्लास्टिक सर्जरी सौन्दर्य बढाउन मात्र प्रयोग गरिन्छ भन्ने गलत बुझाइले गर्दा सरकारको प्राथमिकतामा पर्न नसकेको प्लास्टिक सर्जनको गुनासो छ ।
चीन सरकारबाट अनुदानमा आएको सिनोभ्याक खोप नष्ट गर्ने विधि पत्ता लागेको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखा दयाकृष्ण पन्तले म्याद गुज्रिएको खोप इन्सुलेटर विधिबाट नष्ट गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
दैनिक बिरामी र बिरामीका कुरुवाले भरिभराउ देखिने वीर अस्पताल मङ्गलबार सुनसान देखियो । मङ्गलबार अस्पतालको ओपिडी काउन्टर बन्द थियो, नियमित चेकजाँचका लागि आएका बिरामी काउन्टर अगाडि टाँसेको सूचना पढ्दै चिकित्सकको पर्खाइमा थिए ।
उपभोक्ता अदालत र नेपाल चिकित्सक सङ्घबिचको विवाद पेचिलो बन्दै गएको छ । चिकित्सक सङ्घले उपभोक्ता संरक्षण ऐन, २०७५ मा आवश्यक संशोधनका लागि दबाब दिन सोमबारबाट आकस्मिक बाहेकका सेवा ठप्प गर्नेदेखि प्रमाणपत्र फिर्ता गर्ने सम्मको आन्दोलनका कार्यक्रम घोषणा गरेसँगै विवादले नयाँ मोड लिएको छ ।
वीर अस्पतालले डिजिटल प्रविधिबाट शल्यक्रिया गरी नमिलेको टाउको मिलाएको छ । अस्पतालले प्युठानकी एक वर्षीया बालिकाको डिजिटल प्रविधिबाट शल्यक्रिया गरेर नमिलेको टाउको मिलाएको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले यो वर्ष ६० हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि हुने आंकलन गरिएको जानकारी दिनुभयो ।
दुई वर्षअघि गाईभैँसीमा महामारीको रूपमा देखिएको लम्पी स्किनको सङ्क्रमण पुनः देखिन थालेको छ । यो वर्ष सुरु भएदेखि मोरङ, रुकुम र रुकुमपश्चिम गरी तीन वटा जिल्लामा यो रोग पुष्टि भएको पशुसेवा विभागले उल्लेख गरेको छ ।