• २१ पुस २०८२, सोमबार

उपचारका लागि भारत जाने

राजनीतिज्ञ सुवेदीको स्वास्थ्यमा समस्या

blog

दुर्गाप्रसाद सुवेदी । फाइल तस्बिर

काठमाडौँ, पुस २० गते । राजनीतिज्ञ तथा प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गाप्रसाद सुवेदीको स्वास्थ्यमा समस्या देखिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत सुवेदी थप उपचारको लागि भारत जाँदै हुनुहुन्छ । 

अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार सुवेदी पिसाबको सङ्क्रमण भएर बिहीबार अस्पतालमा बिहीबार भर्ना हुनुभएको थियो । 

थप उपचारको लागि भारत जाने निर्णय गरेसँगै सुवेदीलाई अस्पतालले आइतबार डिस्चार्ज गरिदिएको छ । 

उहाँ भन्नुहुन्छ, “पिसाबको सङ्क्रमण भएपछि बिहीबार उहाँ अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँलाई पिसाबमा सङ्क्रमणका साथै अन्य समस्या देखिएकोले भारत जाने निर्णय गर्नुभयो र अस्पतालले आज डिस्चार्ज दियो ।”

उहाँले केही समय अगाडि प्रोस्टेटको शल्यक्रिया गराउनुभएको थियो ।  

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।