• १५ असोज २०८१, मङ्गलबार

ब्राउन सुगरसहित दुई जना पक्राउ

blog

प्रेम अधिकारी
पशुपतिनगर(इलाम) पुस २ गते ।
इलामको फिक्कल बजारबाट प्रतिबन्धित ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार राति सूर्योदय नगरपालिका १० फिक्कल बजारको घडी तथा मोबाइल मर्मत पसलबाट बेच्दै गरेको अवस्थामा चार सय ४० मिलिग्राम ब्राउन सुगरसहित सुनपा १० का ४० वर्षीय छिनम तामाङ र अभिषेक राईलाई शसस्त्र प्रहरीले पक्राउ गरेको हो ।

ब्राउन सुगर बिक्री गर्ने तामाङ र किन्ने राई दुबैलाई शसस्त्र प्रहरी टोलीले खरिद बिक्री गर्दा गर्दै पक्राउ गरेको शसस्त्र प्रहरी बल आइतबारे बेस क्याम्पका शसस्त्र प्रहरी निरीक्षक कमल थानीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पसलबाट चारवटा पोकामा रहेको तीन सय ३० मिलिग्राम ब्राउन सुगर बेच्दै गर्दा र एक सय १० मिलिग्राम पसलबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

शसस्त्र प्रहरीले पक्राउ गरी ब्राउन सुगरसहित दुबै कारोबारीलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरको जिम्मा लगाइएको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक विष्णु खड्काले पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालयमा राखी अनुसन्धान सुरु गरिएको जानकारी दिनु भयो । पछिल्लो समय फिक्कल बजार आसपासमा लागू औषध प्रयोग कर्ता र बिक्रेता समेत बढ्दै गएको पाइएको छ ।