पाँचथरमा डायलासिस सेवा
पाँचथर जिल्ला अस्पतालमा बुधबार पहिलो पटक बिरामीको डायलासिस गरिएको छ । डा. गणेश बनेको टोलीले फिदिम नगरपालिका–१० का ४४ वर्षीय जयबहादुर तावाको डायलासिस गरेको हो ।
खोटाङ अस्पतालमा जीवन जलसमेत भेटिएन : आयोग
मानव अधिकार आयोगले बुधबार दिक्तेलस्थित शाखा कार्यालयमा पत्रकार घेटघाट कार्यक्रमको आयोजना गरेर मानव अधिकारसम्बन्धी भए/गरेका जिल्लाको समग्र वस्तुस्थितिका बारेमा जानकारी दिएको हो ।
अध्यागमन कार्यालय छ तर काम केही छैन
इलामको पूर्वी सीमा क्षेत्र पशुपतिनगरमा रहेको अध्यागमन कार्यालय स्थापनामै सीमित बनेको छ । तीन वर्षअघि पशुपतिनगर नाकामा स्थापना भएको अध्यागमन कार्यालयबाट अहिलेसम्म केही पनि काम हुन सकेको छैन । भा
तरकारी खेतीका लागि भरपर्दो बन्दै मलचिङ्ग प्रविधि
वराहक्षेत्र –९ का ५७ वर्षीय सत्यनारायण चौधरी सात वर्षदेखि तरकारी खेती गर्दै आउनुभएको छ । गाउँघरमा कृषि कामदार नपाउँदा चौधरीले प्रविधिको प्रयोग गरेर मौसमी र बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ ।
पूर्वी नाकाको चेकजाँचमा तालिम प्राप्त कुकुर
पूर्वी नाकाको सुरक्षा जाँचमा नेपाल प्रहरीले आजदेखि तालिम प्राप्त कुकुरको प्रयोग सुरु गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीले नेपाल प्रहरीको कोशी प्रदेश कार्यालयबाट दुई वटा तालिम प्राप्त कुकुर झिकाएर नाकाको चेकजाँच सुरु गरिएको बताउनुभयो ।
व्यक्तिहत्यामा संलग्न दुईलाई जन्मकैद
चुलाचुली गाउँपालिका–५ का ४४ वर्षीय एलबी भन्ने लालबहादुर गुरुङको हत्यामा संलग्न दुई जनालाई जिल्ला अदालत इलामले जन्मकैदको सजाय सुनाएको छ ।
गुमनाम धनकुटाका ऐतिहासिक सम्पदा
राणाकालीन समयमा धनकुटा पूर्वी नेपालको प्रशासन सञ्चालनका लागि गौडाका रूपमा स्थापित केन्द्र थियो । धरानबाट नुन तथा मालासामान लिएर भोजपुर, सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ आवतजावत गर्ने व्यापारी तथा भरियाको प्रमुख व्यापारिक केन्द्र यही थियो ।
आयोजना बन्द हुँदा एक सय १८ घरपरिवार पानीको समस्यामा
बाढीले सभाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट खानेपानी आयोजना बगाएपछि स्थानीयवासीलाई पानीको समस्या भएको छ । गत असार २ गते आएको बाढीले क्षति गरेपछि यहाँका एक सय १८ घरपरिवार पानीको समस्यामा परेका हुन् ।
झापामा हात्ती मृतावस्थामा फेला
भद्रपुर नगरपालिका–२ स्थिल रामपोखरी सामुदायिक वनस्थित कमलधाम सिमसार क्षेत्रमा आज बिहान बयस्क हात्ती मृतावस्थामा फेला परेको छ ।
बक्राहाघाट निर्माण सुरु
तीव्र सहरीकरण र मानव बस्तीमा जनघनत्व बढ्दै गएपछि अन्त्येष्टिका लागि पनि राज्यले ठुलो बजेट छुट्याएर घाट निर्माण गर्नुपर्ने भएको छ । त्यही घाट निर्माणका लागि उर्लाबारी नगरपालिकाले पाँच वर्ष निरन्तर प्रयास गर्नु प-यो ।
सेना र प्रहरीलाई योग तालिम
पाँचथरमा नेपाली सेना र सशस्त्र प्रहरीलाई योग अभ्यास तालिम दिइएको छ । शारीरिक अभ्याससँगै तनाव व्यवस्थापन एवं मानसिक रूपमा स्वास्थ्य बलियो बनाउन क्याम्पमै योग अभ्यास तालिम दिइएको हो ।
कलिलो एभोकाडो बिक्री नगर्न आग्रह
सिजन अगावै एभोकाडो बजारमा पाउन थाले पछि धनकुटा नगरपालिकाले हतारमा एभोकाडो टिपेर बजार नपुर्याउन किसानसँग आग्रह गरेको छ ।
सम्पर्क विहीन भोटखोला, जनतालाई सास्ती
सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । मकालु गाउँपालिका–५ माङ्सिमाको भाटभटेनीडाडाँमा रहेको नेपाल टेलिकमको टावर समस्या देखिएपछि सञ्चार सेवा अवरुद्ध भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिनुभयो ।
कामविनाको अध्यागमन कार्यालय
इलामको पूर्वी सीमाक्षेत्र पशुपतिनगरमा रहेको अध्यागमन कार्यालय अन्ततः स्थापनामै सीमित बनेको छ । तीन वर्षअघि पशुपतिनगर नाकामा स्थापना भएको अध्यागमन कार्यालयबाट अहिलेसम्म केही काम हुन सकेको छैन ।
पर्यटकहरूको मन जित्दै लोदेन क्षेत्र (फोटो फिचर)
प्रकृतिको अनुपम उपहारको रूपमा रहेको ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङको लोदेन क्षेत्र पर्यटकको रोजाइमा पर्दैगएको छ । पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेसँगै लोदेन क्षेत्रको भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।
सुनसरीमा रैथाने बालीको संरक्षण गरिँदै
रैथाने बाली जिल्लामा हराउँदै गएपछि कृषि ज्ञान केन्द्र सुनसरी रैथाने बालीको संरक्षण गर्न लागिपरेको छ । जिल्लामै रैथाने बालिहरू हराउँदै गएपछि ज्ञान केन्द्र सुनसरीले रैथान बालीको संरक्षण गर्न अनुदानका कार्यक्रम अघि सारेको छ ।
इलामका १० नेपाली सिक्किममा बेपत्ता
इलामबाट गएका १० जना नेपाली भारतमा बेपत्ता भएका बताइएको छ । इलाम नगरपालिका–९ का नेपालीहरू गत असोज १६ देखि सिक्किममा बेपत्ता भएका प्रारम्भिक जानकारी आएको हो ।
कृषि शाखा प्रमुख यौन दुर्व्यवहार कसुरमा दोषी ठहर
मोलुङ गाउँपालिकाका तत्कालीन कृषि शाखा प्रमुख विनोद कटवाल बालिका यौन दुर्व्यवहार कसुरमा दोषी ठहरिएका छन् ।
आलु उत्पादन वृद्धि हुँदा किसान उत्साहित
ताप्लेजुङको हिमाली क्षेत्रमा यस वर्ष आलु उत्पादनमा वृद्धि भएको छ । केही वर्ष आलु उत्पादन घट्दै गएको थियो तर अहिले उत्पादन सुधार आएसँगै किसान उत्साहित भएका छन् ।
सामुदायिक वन भित्र महिलाको शव फेला
झापाको दमक २ स्थित हम्सेदुम्से सामुदायिक वन भित्रको जङ्गलमा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । अन्दाजी ५५ देखि ६० वर्षको जस्तो देखिने महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोजकुमार लामाले बताउनु भयो ।
भूमि आयोगका तीन कर्मचारी घुससहित पक्राउ
राष्ट्रिय भूमि आयोगका तीन जना कर्मचारी हल्दिबारीमा घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा जुम्ला जिल्लाको सिजा गाउँपालिकाका २३ वर्षीय मोहन नेपाल, दोलखा तामाकोसी गाउँपालिका ४ का २२ वर्षीय विवेक पोखरेल र कैलालीको जानकी गाउँपालिका ८ का २३ वर्षीय कमल खनाल रहेका छन् । हल्दिबारी गाउँपालिकामा खटिएका राष्ट्रिय भूमि आयोगका ती कर्मचारीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।
किसानले पाएनन् दुधको भुक्तानी
दुध बेचेर गुजारा चलाउँदै आएका हजारौंँ किसान नजिकिँदै गरेको बडादसैँ टार्ने चिन्ताले पिरोलिन थालेका छन् । आफूले दुध बिक्री गरेको सहकारीले महिनौँदेखि दुधको भुक्तानी नदिएपछि किसानलाई दसैँ कसरी मनाउने भन्ने चिन्ता बढेको हो ।
सार्वजनिकस्थलमै सुर्तीजन्य पदार्थको बिक्री गरेपनि कारवाही भएन
सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री गर्न कानुनले निषेध गरेता पनि मेचीनगर नगरपालिका क्षेत्रमा खुला यसको बिक्री वितरण भइरहेको छ ।
पत्तालेमा व्यावसायिक स्याउ उत्पादन सुरु
करिब छ करोड लगानीमा सुरु गरिएको सोलुखुम्बुको पत्तालेमा व्यावसायिक स्याउ उत्पादन सुरु भएको छ । कोशी प्रदेशका पूर्वमन्त्री अम्बिरबाबु गुरुङलगायत डिल्ली गुरुङ, कृष्ण केसी र यगेन्द्रबहादुर कार्कीले करिब छ करोड लगानीमा सुरु गर्नुभएको स्याउ फार्मबाट उत्पादन सुरु भएको हो ।