• १४ मंसिर २०८१, शुक्रबार
blog

शशिधर पराजुली

विराटनगर, पुस ५ गते । पूर्वाधार अभावमा साँघुरो संरचनामा सकसपूर्ण सेवा प्रवाह गर्दै आएको विराटनगरको कोशी अस्पतालको पूर्वाधार अझै केही वर्ष सुधार नहुने भएको छ । नेपाल सरकारले अस्पतालको पूर्वाधार समस्या समाधान गर्न ३० महिनाअगाडि पाँचतले सुविधासम्पन्न भवन निर्माण गर्न ठेक्का लगाएको भए पनि ठेकेदार कम्पनीले समयमा काम नगर्दा सर्वसाधारणले सहज उपचार सेवा नपाउने अवस्था आएको हो । 

सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ विराटनगरले ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी रमनभूमि, बिआइपिएल जेभीसँगै २०७८ साल असार २३ गते ठेक्का सम्झौता गरेको थियो । सरकारले ५० करोड रुपियाँ अङ्कमा नबढ्ने गरी ठेक्का आह्वान गरेकोमा उक्त जोइनभेन्चर कम्पनीले ३३ करोड २२ लाख ४८ हजार नौ सय ११ रुपियाँ ३३ पैसामा ठेक्का सकारेका थिए । झन्डै ४० प्रतिशत कम दरमा ठेक्का सम्झौता गरेको कम्पनीले सुरुदेखि नै काममा आलटाल गर्ने, घाटा भयो भन्दै काम नगर्ने गरेका कारण अस्पताल निर्माणको काम यस अवधिमा २० प्रतिशत मात्र सकिएको छ । 

पुस २२ गतेसम्म मात्र ठेक्का सम्झौताको अवधि रहेका कारण ठेकेदार कम्पनीले आयोजनाको म्याद थप्ने तयारी अगाडि बढाएको छ । स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा ठेकेदार कम्पनीले लापरबाही गर्दा कोशी प्रदेशको एक मात्र ठुलो सरकारी अस्पतालबाट सर्वसाधारणले गुणस्तरीय सेवा लिन पाएका छैनन् । दैनिक एक हजार पाँच सयदेखि दुई हजार जनासम्मले आकस्मिक तथा बहिरङ्ग सेवा लिने गरेको सो अस्पताल निम्न आर्थिक अवस्था भएका सर्वसाधारण, स्वास्थ्य बिमा कार्यव्रmमबाट सेवा लिने नागरिक तथा मध्यम वर्गका सर्वसाधारणले नियमित सेवा लिने गरेका छन् । 

अस्पतालको पुरानो दुईतले भवन भत्काएका कारणले पनि कोशीमा पूर्वाधार अभाव खड्किएको हो । साँघुरो ठाउँबाट एक्सरे, अल्ट्रासाउन्ड तथा अन्य सेवा लिनुपर्ने, बिरामी भर्ना गरेर उपचार गर्न शøयाको अभाव हुने जस्ता समस्या अस्पतालमा देखिएको छ । 

ठेकेदार र साझेदारबिच विवाद भएका कारण विगत लामो समय अस्पताल निर्माण अलपत्र बनेको थियो । त्यसबिचमा कृष्ण बोहरा सञ्चालक रहेको भूमि कन्स्ट्रक्सन बिचैमा काम छोडेर सम्पर्कविहीन भएको थियो । पछिल्लो समय भूमि कन्स्ट्रक्सनको साझेदार रमणका सञ्चालक पवनकुमार महतोले कामलाई अगाडि बढाउनुभएको छ तर कामले गति भने लिएको छैन । 

लामो समयसम्म निमार्णको काम रोकिएको र समयमा निमार्ण सम्पन्न नहुने भएपछि ठेकेदार कम्पनीको समयावधि थप गर्ने तयारी गरेको सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइका प्रमुख सुरेन्द्रकुमार साहले बताउनुभयो । उहाँले थपिएको समयभित्र काम सक्ने गरी ठेकेदार कम्पनीलाई सर्त गराइने दाबी गर्नुभयो । 

निर्माण कम्पनीले २० प्रतिशत प्रगति भएको उल्लेख गरी अहिलेसम्म आठ करोड रुपियाँभन्दा बढी रकम भुक्तानी लिइसकेको कार्यालयले जनाएको छ । अहिले ३५० श-यामा सञ्चालन भइरहेको कोशी अस्पतालमा झन्डै पाँच  सय श-यामा बिरामीको उपचार गर्ने प्रबन्ध मिलाइएको अस्पताल प्रशासनले जनाएको छ । नयाँ भवन निर्माणसँगै अस्पतालको क्षमता वृद्धि गरी पाँच सय श-या क्षमतामा पु-याउने तयारी थियो तर समयमा भवन नबन्दा स्तरोन्नतिको योजनासमेत अलपत्र बन्न पुगेको छ ।