दसैँको मुखमा प्रमुख प्रशासकीय अधिकृत घर हिँडेपछि..
दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी बिना जानकारी घर हिँडेपछि दसैँ अगाडि भुक्तानी गर्नुपर्ने कर्मचारीको तलब तथा निर्माण व्यवसायीको भुक्तानी रोकिएको छ ।
वडाध्यक्ष पुर्पक्षका लागि कारागार चलान
बलात्कार आरोपमा पक्राउ परेका ओखलढुङ्गाको सुनकोशी गाउँपालिका –१० का वडाध्यक्ष छविरमण धमला पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
खुल्यो धनकुटा बन्द
आफ्ना नेताको बिनासर्त रिहाइको माग राख्दै प्रदेश १ पुनः नामाङ्कन सङ्घर्ष समितिले मङ्गलबारदेखि गरेको धनकुटा बन्द खुलेको छ ।
नागरिकको सुरक्षा गर्नु सरकारको कर्तव्य : मुख्यमन्त्री कार्की
कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरमा ‘६८औँ प्रहरी दिवस’ को अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले कर्तव्य पालनका क्रममा नेपाल प्रहरीले जोखिम लिने गरेकाले नै यो सङ्गठन राम्रो र जनताबीच लोकप्रिय बनेको बताउनुभयो ।
तीन महिनापछि खुल्यो साँघु सडक
मैवाखोला गाउँपालिकास्थित नेरुवा खोलामा आएको बाढी र पहिरोले अवरुद्ध बनेको साँघु सडक तीन महिनापछि खुलेको छ । गाउँपालिकासँग भएको जेसिबी प्रयोग गरेर पहिरो पन्छाइएपछि साँघु सडक खुलेको हो । बाढी र पहिरोले क्षतिग्रस्त ग्रामीण
चिहानघारीका कारण पातलियो वन
राष्ट्रिय र सामुदायिक वन क्षेत्रमा जथाभाबी रूपमा निर्माण हुने चिहानले गर्दा वनको सौन्दर्य गुम्दै गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी मोरङको बेलबारीदेखि पथरीशनिश्चरे नगरको पूर्वी सीमाको उत्तरतर्फको जङ्गलमा रुखबिरुवाकै हाराहारीमा कङ्क्रटिका चिहान निर्माण भइसकेका छन् ।
तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप : वराह क्षेत्र ११ सेमिफाइनलमा
‘हाम्रो गोल दुव्र्सन विरुद्धको बोल’ भन्ने नाराका साथ सुनसरीको बराहक्षेत्र ६ चक्रघट्टीमा तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप सोमवारबाट सुरु भएको छ ।
पशुपतिनगरमा भारतीय रुपियाँ सटही सुरु, स्थानीय खुशी
करिब ४० वर्षयता बन्द भएको भारतीय रुपियाँ सटहीको काम पुनः सुरु भएपछि इलामको पशुपतिनगर क्षेत्रका स्थानीय खुशी भएका छन् । यसअघि भारतीय रुपियाँ साटेर नेपाली रुपियाँ बनाउन नपाउँदा पूर्वी सीमावत्र्ती क्षेत्रका नागरिकले समस्या झेल्दै आएका थिए ।
मोलुङ खोलामा डुबेर बालकको मृत्यु
मोलुङ खोलामा डुबेर बालकको ज्यान गएको छ । सुनकोशी गाउँपालिका–९ कटुञ्जेका सुब्बा रापचाका ७ वर्षीय छोरा अञ्जल रापचाको मोलुङ खोलामा डुबेर मृत्यु भएको हो ।
१८औँ ललित अम्बर डिपो कप मङ्सिर १५ बाट सुरु
१८औँ ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप २०८० आगामी मङ्सिर १५ गतेबाट सुरु हुने भएको छ ।
मुख्यमन्त्री कार्कीद्वारा बुधबार विश्वासको मत लिने तयारी
कोशी प्रदेश सभाको बैठक बुधबार बस्ने भएको छ । अर्को सूचना प्रकाशित नभएसम्मका लागि असोज २० गते स्थगित भएको बैठक नयाँ मुख्यमन्त्री नियुक्त हुनु भएसँगै बुधबारका लागि बैठक बोलाइएको हो ।
ढुङ्गाले लागेर एक कामदारको मृत्यु
पाँचथरमा ढुङ्गाले लागेर जलविद्युत् आयोजनामा कार्यरत एक कामदारको मृत्यु भएको छ । जिल्लाको हिलिहाङ गाउँपालिका–१ अमरपुरमा निर्माणाधीन काबेली ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत कामदार इलामको देउमाई नगरपालिका–९ का २५ वर्षीय भुपाल मगरको ढुङ्गाले लागेर ज्यान गएको हो ।
सप्तकोशीको पानी बोटलाई व्यवस्थित गरिने
सप्तकोसी नदीमा सञ्चालन रहेको पानी बोटलाई व्यवस्थित गर्न वराहक्षेत्र नगरपालिकाले चासो देखाएको छ । चाडबाड लागेसँगै जेट बोटमा यात्रा गर्ने युवाहरूलाई मध्यनजर गरेर नगरले सुरक्षामा समेत चासो देखाएको हो ।
कृषि क्षेत्र विशेष प्राथमिकतामा
सिद्धिचरण नगरपालिका ओखलढुङ्गा जिल्लाको सदरमुकाम हो । युगकवि सिद्धिचरण श्रेष्ठको नामबाट यस नगरपालिकाको नाम राखिएको हो । यस नगरपालिकामा साबिकका तलुवा, ठुलाछाप, बर्नालु, ओखलढुङ्गा, ज्यामिरे, सल्लेरी, बेतेनी, विगुटार, अँधेरी, जन्तरखानी र रुम्जा
राडी पाखी बेच्दै गुरुङ्सेनी
सङ्खुवासभाको खाँदबारी बजारमा भेडाको उन (रौँ) बाट हातले बुनिएको राडि पाखी विक्री गर्दै स्थानीय गुरुङ समुदायका महिलाहरू । अझै पनि यस जिल्लामा भेडा पालन र राडिपाखी बुन्ने चलन कायमै छ । चरण क्षेत्रको अभावले भेडा पालन लोप हुँदै गएपछि उन नपाएर राडिपाखी बनाउन छाडिँदै गएको छ ।
ठाँटीको घाम उपन्यास सार्वजनिक
साहित्यकार टङ्कबहादुर भट्टराईले लेख्नुभएको ‘ठाँटीको घाम’ नामक उपन्यास सार्वजनिक (विमोचन) गरिएको छ । घटस्थापनाको अवसर पारेर सदरमुकाम फुङ्लिङमा आइतबार आयोजित कार्यक्रमबीच सो उपन्यास सार्वजनिक गरिएको हो ।
आयोजक डाँगीहाट फुटबल क्लव विजयी
उद्घाटन खेलमा भोजपुर जिल्ला फुटबल सङ्घलाई १–० ले हराउँदै आयोजक डाँगीहाट फुटबल क्लब छैटौं बेलबारी गोल्डकप २०८० को सेमिफाइनलमा प्रवेश गरेको छ ।
कोशी प्रदेशको राजनीतिक सङ्कट समाधान भयो
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो नेतृत्वमा प्रदेश सरकार गठन भएसँगै राजनीतिक सङ्कट समाधान भएको बताउनु भएको छ ।
बाढीपीडितलाई होटल एशोसियसनको सहयोग
होटल एशोसियसन धनकुटाले भारतको सिक्किमका बाढीपीडित परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्यले रकम संकलन गरेको छ । एशोसियसनले सिक्किमका बाढीपीडितका लागि २ लाख २३ हजार ४ सय २५ रुपियाँ संकलन भएको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।
मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको शपथ
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीलाई शपथ गराउनुभयो ।
तीन महिनापछि खुल्यो मैवाखोलाको साँघु सडक
ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नेरुवा खोलामा आएको बाढी र पहिरोले अवरुद्ध साँघु सडक तीन महिनापछि खुलेको छ । गाउँपालिकासँग भएको व्याकहो लोडर (जेसीभी) प्रयोग गरेर पहिरो पन्छाएपछि साँघु सडक खुलेको हो ।
दोब्बरभाडा लिने चार सुमो कारबाहीमा
खोटाङ आवतजावत गर्ने सावारी साधनहरूले चाडपर्वको मौका पारेर दोब्बरसम्म भाडा लिने गरेको पाइएको छ । विशेषगरी सुमोहरूले यात्रुबाट दोब्बरसम्म भाडा लिने गरेको पाइएको हो ।
जिल्लास्तरीय फुटबल असोज ३० बाट
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा एकपछि अर्को खेलकुदको आयोजना गर्नेक्रम बढेको छ । केही महिनाअघि क्रिकेट र हालै प्रथम जिल्लास्तरीय कबड्डी प्रतियोगिता सम्पन्न गरेको भोक्राहा नरसिंह गाउँपालिकामा असोज ३० गतेबाट जिल्लास्तरीय फुटबल प्रतिमोतियाको तयारी पूरा भएको युवा क्लब नरसिंहले जनाएको छ ।
कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथ २ बजे
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज दिउँसो पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । दिउँसो २ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथको तयारी गरिएको हो ।