सामुदायिक विद्यालयमा विद्युतीय हाजिरीः लाखौँको उपकरण माकुराको जालो
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्च माध्यमिक विद्यालयमा जडान गरिएको विद्युतीय हाजिरी ९इ–हाजिरी० वर्ष दिन पनि टिक्न सकेन । प्रधानाध्यापक भवकृष्ण ढकालले विद्यालयमा जडान गरिएको विद्युतीय हाजिरीले वर्ष दिन पनि काम नगरेको जानकारी दिनुभयो ।
दासाई नृत्यमा रमाउँदै अल्पसङ्ख्यक सन्थाल जाति
मोरङ र झापामा बसोबास गर्ने अल्पसङ्ख्यक सन्थालहरू यति बेला परम्परागत जातीय नृत्य दासाईमा रमाई रहेका छन् । प्रकृति पूजक सन्थालहरू आदिकलादेखि नै दसैँ र तिहारको बेला दासाई नृत्यमा रमाउने गर्छन् । विजयादशमी देखि पूर्णिमा सम्म उनीहरू आफ्नो गाउँ टोलमा दासाई नृत्य नाचेर दसैँ मनाउने गर्छन् ।
निशानलाई नेपाली सेनाबाट सलामी अर्पण गरिँदै
पाँचथरको याङवरक ४ थर्पुमा पृथ्वीनारायण शाह र लिम्बुवानबिच बाइसे चौबिसे राज्य एकीकरणताका युद्धमा प्रयोग भएका निशानसँगै पुरातात्त्विक हतियार र निशानलाई नेपाली सेनाले सलामी अर्पण पश्चात् प्रदर्शन गरिने भएको छ ।
बेलबारी गोल्डकपको उपाधी विग्रेड ब्वाइजलाई
मोरङको बेलबारीमा जारी छैटौं बेलबारी गोल्डकप फुटबल प्रतियोगिता २०८० को उपाधी विग्रेड ब्वाइज काठमाडौंले जितेको छ ।
अस्थायी बाँसको पुल
झापाको गौरीगञ्ज गाउँपालिका-१ रंगियाथानबाट झापा गाउँपालिका जाने कनकाई नदी तर्नका लागि निर्माण गरिएको अस्थायी बाँसको पुल ।
बाइक दुर्घटनामा एकको मृत्यु
इटहरीमा आइतबार अपरान्ह मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका १३ खनारस्थित गणेश मन्दिरनजिकै विराटनगरबाट इटहरीतर्फ आउँदैगरेको को २९ प २४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा इटहरी १ बस्ने ३६ वर्षीय इकार गौतमको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
दुई कृतिलाई विमल गुरुङ कृति पुरस्कार २०७९ दिइने
कवि विमल गुरुङ पुस्तकालयले प्रदान गर्दै आएको २ लाख रुपियाँको कृति पुरस्कार कवि चन्द्र गुरुङको कविता सङ्ग्रह ‘जब एउटा मान्छे हराउँछ’ र विजय बान्तवाको गद्य सङ्ग्रह ‘मित्याङसा’ लाई संयुक्त रूपमा ‘विमल गुरुङ कृति पुरस्कार २०७९’ प्रदान गरिने भएको छ ।
पुनर्निर्मित ऐतिहासिक उदयपुरगढीको उद्घाटन
ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको उदयपुरगढीको पुनर्निर्माण गरी आज उद्घाटन गरिएको छ । सदरमुकाम गाईघाटबाट ३८ किलोमिटर उत्तरपश्चिमा र समुद्र सतहदेखि ११६० मिटरको उचाइमा १५ रोपनि जग्गाको क्षेत्रफलमा फैलिएको उदयपुरगढी गाउँपालिका ५ मा रहेको सो ऐतिहासिक उदयपुरगढीको पुनरनिर्माणपछि गढीले आकार लिएको छ ।
‘मर्निङ वाक’मा पनि हात्तीकै त्रास
झापासँग सीमा जोडिएको इलामको चुलाचुली गाउँपालिका(३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर राई नियमित ‘मर्निङ वाक’ जानुहुन्थ्यो ।
दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना ः मुआब्जा निर्धारणमै अल्झियो
दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि अधिग्रहण गरिने जग्गाको मुआब्जा निर्धारण अहिलेसम्म तय हुन सकेको छैन ।
पाथीभरामा दर्शनार्थीको घुइँचो
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा दर्शनार्थीको घुइँचो लागेको छ । पाथीभरामा दसैँको घटस्थापनादेखि दर्शनार्थीको घुइँचो लाग्न थालेको हो । पाथीभरा क्षेत्र विकास समितिको तथ्याङ्क अनुसार घटस्थापनायता शनिबार बिहानसम्ममा २१ हजार ६३९ जना तीर्थयात्रीले पाथीभराको दर्शन गरेका छन् ।
दसैँ बाटोमै सकिने चिन्ता
उत्तर–दक्षिण कोशी राजमार्ग अन्तर्गत चिचिला खण्डमा भेटिनुभएका भोटखोला गाउँपालिका–२, चेपुवाका ङाञ्जाम भोटेलाई दसैँमा घर नपुगिएला कि भन्ने चिन्ताले सताएको छ । इटहरी बस्दै आउनुभएका भोटेलाई राष्ट्रिय राजमार्गको दुरावस्थाका कारण दसैँमा घर नपुगिने हो कि भन्ने चिन्ता बढेको हो ।
सवारी दुर्घटनामा दुईको मृत्यु
अर्जुनधारा नगरपालिका –३ स्थित खुदुनाबारी बजारनजिक शनिवार दिउँसो सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
हराउँदै पिङ खेल्ने संस्कृति
दसैं र तिहार लक्षितगरी लगाइने पिङ एक दशक अघिसम्म धनकुटामा जताजतै देख्न पाइन्थ्यो । धनकुटाका गाउँमा लिङ्गे र रोटे गरी दुईखाले पिङ खेल्ने प्रचलन थियो । तर अहिले दसैं आउँदा पनि पिङ खेल्ने संस्कृति हराइसकेको छ ।
धार्मिक पर्यटक प्रवर्द्धनका लागि गुम्बा निर्माण गरिँदै
इलाम नगरपालिका-६ पानी ट्याङ्कीमा गुम्बा निर्माण गर्न थालिएको छ । धार्मिक पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने उद्देश्यले गुम्बा निर्माण गर्न लागिएको हो ।
बाह्र वर्षपछि भोजपुरको निशान भगवती मन्दिरमा निशान पुनः स्थापना
भोजपुरको प्रसिद्ध निशान भगवती मन्दिरमा १२ वर्षपछि निशान पुनः स्थापना गरिएको छ । नेपाली सेनाले यहाँको जीर्ण बनेको मन्दिरको पुनःनिर्माणपश्चात निशान स्थापना गरेको हो ।
एकासी वर्षपछि मन्दिर पुनस्र्थापना
भोजपुर सदरमुकामस्थित जिल्ला कारागार परिसरमा ८१ वर्षपछि ऐतिहासिक, धार्मिक र सांस्कृतिक एवं आस्थाको धरोहरका रूपमा मानिएको निशान भगवती मन्दिरको पुनस्र्थापना गरिएको छ । नेपाली सेनाको नयाँ श्रीनाथ गणले बाजागाजा र
बराहपोखरीबाट एक करोड ७५ लाखको खसी बिक्री
दसैँतिहारको अवसरमा खोटाङको बराहपोखरी गाउँपालिकाबाट रु एक करोड ७५ लाख बढीको खसी काठमाडौँ निर्यात भएको छ । खसीबाख्रापालनका लागि उपयुक्त भूगोल मानिने बराहपोखरीबाट ठेकेदारको पाँच समूहले आठ सय ७५ खसी काठमाडौँ पुर्याएका छन् ।
दुईसय ३३ मिटर लामो झोलुङ्गे पुल निर्माण
धरान उपमहानगरपालिका ५ अंधेरीखोलामा निर्मित आंपटार र ठिंगाबारी जोड्ने दुईसय ३३ मिटर लामो झोलुङ्गे पुलको आज उदघाटन भएको छ ।
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको सहमतिमा केदार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाइएको बताउनुभएको छ ।
अध्यक्ष ओलीद्वारा चियापान कार्यक्रम आयोजना
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृह जिल्ला झापामा शुभकामना आदनप्रदानसहित चियापान कार्यक्रमको आयोजना गर्नुभएको छ । बिर्तामोडको सिटी सेन्टरमा उहाँले शुभकामना आदनप्रदानसहित चियापान कार्यक्रम राख्नुभएको हो ।
बिरामी पर्यटकको उद्धार
सङ्खुवासभाको भोटखोला गाउँपालिका-२ थुदामबाट एक विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
गाउँघरमा युवा घटे, कोही छैनन् पिङ्ग खेल्ने
गाउँघरमा युवाशक्तिभन्दा बूढापाका मात्र हुन थालेपछि दसैँ-तिहारलगायतका चाडपर्वमा लगाइने पिङ्गसमेत भोजपुरमा लोपोन्मुख बन्दै गएको छ । केही वर्ष अघिसम्म गाउँघरमा दसैँतिहार लागेको झल्को पिङ्गबाट पाउने गरिन्थ्यो ।
खोटाङमा एक करोड ७५ लाखका खसी बिके
दसैं तिहारको अवसरमा जिल्लाको एउटै स्थानीय तह वराहपोखरी गाउँपालिकाबाट एक करोड ७५ लाख रुपियाँ बराबरको खसी निर्यात भएको गाउँपालिकाको पशु शाखाले जनाएको छ ।