कोशी सरकारमा गठबन्धन दल सहभागी, दुई मन्त्री नियुक्त
मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेश मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।
आयोजनाको फाइदा सबैभन्दा धेरै स्थानीयले पाउनुपर्छ : अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले कुनै पनि ठूला आयोजना अगाडि बढ्दा स्थानीयवासीको सहयोग र सहभागिता सबैभन्दा महत्वपूर्ण हुने भएकाले त्यसको फाइदा पनि स्थानीयले पाउनुपर्ने बताउनुभएको छ । अपर अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको कार्यस्थल भोटखोला निरीक्षणका क्रममा मन्त्री महतले सो कुरा बताउनुभएको हो ।
सप्तकोशीमा मोटरबोट दुर्घटना, पत्रकारसहित केही घाइते
सुनसरीको चतरा पुल नजिकै सप्तकोशी नदीमा मोटरबोट दुर्घटना परेको छ । कोशी प्रदेश सरकार मातहतको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनीद्वारा सञ्चालित “सि.सं. ४ गोताखोर तालिमको अन्तिम प्रवचन कार्यक्रममा सहभागी हुन गएका पत्रकार तथा आगन्तुक सवार मोटरबोट दुर्घटनामा परेको हो ।
कोशी प्रदेश सभाको बैठक सोमबार बस्ने
कोशी प्रदेशसभाको बैठक आगामी कात्तिक २० गते सोमबार बस्ने भएको छ । प्रदेश सभा सचिवालयले शुक्रबार सूचना प्रकाशन गरी बैठक बस्ने जानकारी गराएको हो ।
कोशी प्रदेश सरकारमा गठबन्धनबाट दुई मन्त्री नियुक्त हुँदै
कोशी प्रदेश सरकार आज (शुक्रबार) विस्तार हुने भएको छ । मुख्यमन्त्री केदार कार्कीले गठबन्धन दलबाट दुई जनालाई मन्त्री नियुक्त गरी सरकार विस्तार गर्ने तयारी गर्नुभएको हो ।
सुनसरीमा तीन हजार हेक्टर क्षेत्रफलमा आलु खेती
सुनसरीका कृषक आलु खेती लगाउनतर्फ व्यस्त भएका छन् । जिल्ला सदरमुकाम इनरुवासहित भोक्राहा नरसिंह, कोशी, हरिनगर, देवानगञ्ज, गढी, बराहक्षेत्र, दुहबी धरानलगायत स्थानमा बसोबास गर्ने किसान दसँै सकिएसँगै आलु खेती गर्नेतर्फ व्यस्त भएका हुन् ।
गहनासहित ज्वेलर्सका सञ्चालक पक्राउ
विराटनगर महानगरपालिका-११ स्थित पशुपति ज्वेलर्सका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको कलकता घर भएका बिश्वनाथ जाना बिल बिनाको सुनका तयारी गहना १५३ ग्राम आठ मिलिग्राम र चाँदीको तयारी गहना ९९ केजी ९४६ ग्राम पाँच मिलिग्रामसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
माटाका भाँडाकुँडा बनाउँदै कुमाले
सुनसरीको इनरुवा–२ का अभिषेक पण्डित माटाको दियो बनाउँदै । तिहार नजिकिएसँगै कुमालेलाई दियोलगायत माटाको भाँडाकुँडा बनाउन भ्याइनभ्याइ छ ।
सापकोटालाई कार्यवाहक अध्यक्षको जिम्वेवारी
नेकपा (एमाले) जिल्ला कमिटी पाँचथरमा कार्यवाहक अध्यक्षको जिम्वेवारी सचिव विष्नुप्रसाद सापकोटा (बिमल) ले पाउनुभएको छ ।
महानगरद्वारा तीन महिनामा १६ करोड २६ लाख राजस्व सङ्कलन
मधेस प्रदेशकै एकमात्र महानगरपालिका वीरगञ्ज महानगपालिकाले चालु आर्थिक वर्षको तीन महिनामा रु १६ करोड २६ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।सो अवधिमा विभिन्न २१ शीर्षकमा रु १६ करोड २६ लाख ३६ हजार चार सय ३७ राजस्व सङ्कलन गरिएको हो ।
पाथीभरामा बलिको विकल्प नरिवल
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा विस्तारै बलि चढाउने प्रचलन कम हुँदै गएको छ । भक्तजनले खसीबोका बलि चढाउनुको साटो नरिवल चढाउन थालेका छन् ।
दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनाको लगानीकर्ता एसियाली विकास बैङ्क (एडिबी) का प्रतिनिधिले दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ । निर्देशक घिसिङसहित एडिबी मनिला हेड क्वाटरबाट रमसे शुक्रमन्याम र एडिबीका नेपाल कन्ट्री डाइरेक्टर अर्नर्ड कुस्वा आयोजना स्थल रभुँवामा आउनुभएको हो । आयोजनाको पछिल्लो अवस्थाको विषयमा बुझ्न उहाँहरू रभुँवा आउनुभएको प्राधिकरणका उपनिर्देशक एवं दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाका प्रशासन प्रमुख वासु कलौनीले जानकारी दिनुभयो ।
कोशी प्रदेशमा सहमतीय सरकार बन्छ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सहमतीय सरकार निर्माणका लागि आफू लागिपरेको बताउनुभएको छ । वर्तमान प्रदेश सरकार विशिष्ट परिस्थितिमा निर्माण भएकाले कोशीमा सहमतिको सरकारको विकल्प नभएको उहाँको भनाइ छ ।
मौसम खुलेसँगै अन्तुमा पर्यटकको आवागमन बढ्यो
कात्तिक महिना लागेसँगै इलामका पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पर्यटकीय गन्तव्य अन्तु, कन्याम, सन्दकपुरलगायतका स्थानमा रहेका होटल, कटेज र होमस्टेमा दैनिक पर्यटकको चाप बढ्न थालेको हो ।
विद्युतीय झिलिमिलिको चुनौतीमा पाला
चाडपर्वहरु नजिकिँदै गर्दा मोरङको रंगेली नगरपालिका र सुनवर्षी नगरपालिकामा बसोबास रहेको कुमाल समुदाय माटाका सामग्री बनाउन भ्याइनभ्याइ भएको छ ।
कार्यकारी निर्देशक घिसिङ र एडिबी प्रतिनिधि दूधकोशी जलविद्युत् आयोजना स्थलमा
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनाको लगानी कर्ता एशियाली विकास बैंक (एडिबी) का प्रतिनिधिहरुले दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ ।
बाँसका सामानबाट जीविकोपार्जन
न रोजेर पाइन्छ न खोजेर पाइन्छ श्रम गर्न सिप नै चाहिन्छ भन्ने भनाइलाई रामधुनी–३, बुद्धनगरका ५८ वर्षीय रामस्वरूप मरिकले व्यवहारमा उतार्नुभएको छ । बाँसबाट बन्ने सामान बनाएर उहाँले परिवारलाई मात्रै पाल्नुभएको छैन, छोराछोरीलाई पढाएर जागिरेसम्म बनाउनुभएको छ ।
धान भित्र्याएका किसान आलु रोप्न व्यस्त
भोक्राहा नरसिंह गाउँपालिकाका किसान अहिले आलु रोप्न व्यस्त छन् । धान र जुट खेती गरेका किसानले बाली भित्र्याएपछि अहिले आलु रोप्न व्यस्त भएका हुन् । अहिले भोक्राहा नरसिंहका किसानलाई आलु रोप्नका लागि जग्गा जोत्ने, खन्ने, मल बोक्ने र आलु रोप्ने कामले भ्याइनभ्याइ छ ।
गोर्खा लिजेन्ट र वीरेन्द्रनगर स्टिल टाइगर विजयी
मोरङको पथरीमा जारी पीएसपीएल क्रिकेट लिग सिजन फोर अन्तर्गत बुधबार भएको खेलमा गोर्खा लिजेन्ट र वीरेन्द्रनगर स्टिल टाइगर विजयी भएका छन् ।
अरिङ्गालले टोकेर एकको मृत्यु
अरिङ्गालले टोकेर इलाम नगरपालिका –१२ साङरुम्बामा एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो घाँस काट्न गएका ३० वर्षीय सन्तोष लिम्बूको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
धार्मिक तथा पर्यटकीय स्थल माइपोखरीमा त्रि–धार्मिक महाेत्सवको तयारी
इलामको प्रमुख पर्यटकीय स्थल माइपोखरीमा त्रि–धार्मिक महाेत्सवको तयारी थालिएको छ । विश्वशान्तिको कामनासहित आगामी मङ्सिर १ देखि ८ सम्म सनातन, बौद्ध र किरात धर्मावलम्बीले संयुक्त रुपमा महाउत्सव आयोजना गर्न लागिएको हो ।
पाँच करोडको सुविधायुक्त अतिथि गृह
खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा सुविधायुक्त अतिथि गृह (धर्मशाला) निर्माण गरिएको छ । किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र हलेसीमा तीर्थालुका लागि करीब पाँच करोडको लगानीमा सुविधायुक्त अतिथि गृह निर्माण गरिएको हो ।
जनश्रमदानमार्फत रोपिएका फूलले ढकमक्क भयो मझुवागढी क्षेत्र
जनश्रमदानमार्फत रोपिएका फूलले खोटाङको ऐतिहासिक स्थल मझुवागढी क्षेत्र ढकमक्क भएको छ । फूलले ढकमक्क भएपछि धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी क्षेत्रमा आन्तरिक पर्यटकहरुको घुँइचो लाग्न थालेको छ ।
विस्थापित हुँदै काठका घर
ग्रामीण बस्तीको पहिचान बोकेको काठको घर, माटोले लिपेको भित्ता, कलात्मक रूपमा बनाइएका भुइँटाँडे र भुइँघरहरू गाउँबाट विस्थापित हुन थालेका छन् । कङ्व्रिmटको सहरबाट गाउँ आउनेहरू