चाँदनी आचार्य
घोडाघोडी (कैलाली), फागुन १४ गते । तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारीको ७४ औँ जन्मजयन्तीका अवसरमा कैलालीमा बिचार गोष्ठिको आयोजना गरी मनाइएको छ ।
मदन भण्डारी फाउण्डेशन कैलालीले शनिबार कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा बिचार गोष्ठिको आयोजना गरेको हो । बिचार गोष्ठिमा जिल्लादेखि केन्द्रीय तहका पार्टीको विभिन्न जिम्मेवारीमा रहेका एमाले नेताहरुले ‘जबजका तीन दशक’ विषयक बिचार गोष्ठिमा धारणा राख्नुभयो ।
बिचार गोष्ठिमा एमालेका सुदूरपश्चिम ईन्चाज लेखराज भट्ट, स्थायी कमिटी सदस्य, कर्ण थापा, पोलिटिव्युरो सदस्य एवं कैलाली जिल्ला इन्चार्ज नारदमुनी राना, केन्द्रिय सल्लाहकार सदस्य महेश्वर पाठक, केन्द्रिय सदस्य सन्तोष थापा, जिल्ला उपाध्यक्ष लोकेन्द्र शाही, नेताहरु डेजी पाण्डे, गोकर्ण भट्ट, हरिशचन्द्र योगी, मनराज शाहीलगायतले जनताको बहुदलीय जनबाद र मदन भण्डारीका विषयमा विचार व्यक्त गर्नुृभएको थियो ।
उक्त कार्यक्रममा सुखडमा रहेको मदन आश्रीत पुस्तकालयको प्रदेश ईन्चार्ज भट्टले उद्घाटन गर्नुभयो । कार्यक्रममा पार्टीमा योगदान गर्ने एमालेका पुराना नेता तथा कार्यकर्तालाई सम्मान गरिएको छ ।
एमालेले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) लाई पार्टीको सिद्धान्त बनाएको छ । एमालेले पाँचौँ राष्ट्रिय महाधिवेशनवाट जबजलाई नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रूपमा पारित गर्दै सिद्धान्त बनाएको हो ।
मदन भण्डारी २०४६ सालमा भएको नेकपा (माले) को चौथो महाधिवशेन र २०४७ सालमा नेकपा (माले) र नेकपा (माक्र्सवादी) बिच एकता भई नेकपा (एमाले) को महासचिव बन्नुभएको थियो । यस्तै एमालेको २०४९ सालमा भएको पाँचौँ महाधिवेशनबाट पनि उहाँ महासचिवमा चुनिनुभएको हो । मदन भण्डारी २०४८ सालका संसदीय निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको थियो ।
विसं २००९ असार १४ गते ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोराका रूपमा जन्मिनुभएको भण्डारी २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जिप दुर्घटना हुँदा निधन भएको थियो ।