• ८ असार २०८१, शनिबार

स्रोत नखुलेको १९ लाख ९० हजारसहित एक जना पक्राउ

blog

मोरङ, पुस १२ गते । विराटनगरबाट स्रोत नखुलेको १९ लाख ९० हजार रुपियाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–६ केशलिया मार्गबाट स्रोत नखुलेको नगद १९ लाख ९० हजार रूपियाँसहित सुनसरी देवानगन्ज गाउँपालिका–५ बस्ने ४९ वर्षीय सुरेन्द्रप्रसाद साहलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले को.७ प ५२२१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक साहलाई उक्त नगदसहित बुधबार साँझ पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।