पालिकाले मिल सञ्चालन गरेपछि सहज
खोटाङको रावा बेँसी गाउँपालिकाले तोरी पेल्ने मिल सञ्चालनमा ल्याएपछि किसानलाई सहज भएको छ । गाउँपालिकाले मिल खरिद गरेर सुपथ मूल्यमा सञ्चालन गरेपछि किसानलाई सहज भएको हो । रावा बेँसी गाउँपालिकाका
अंग्रेजी नयाँ वर्षको अवसरमा फुडफेस्टिवल आयोजना हुने
पर्यटकीय स्थल भेडेटारमा अंग्रेजी नयाँ वर्ष सन् २०२४ को अवसर फुड फेस्टिवलको आयोजना हुने भएको छ । आयोजक होटल एशोसिएसन भेडेटारले पत्रकार सम्मेलनको आयोजना गर्दै अंग्रेजी नयाँ वर्ष सन् २०२४ को अवसरमा आगामी पुस १५ देखि १७ गतेसम्म फुड फेस्टिवल हुने जानकारी दिएको हो ।
फिदिममा चासोक मेला सुरु
पाँचथरको फिदिममा शनिबारदेखि चासोक मेला सुरु भएको छ। मेला हरेक वर्ष उधौली पर्वका अवसरमा लाग्ने गर्छ।
एक वर्षमा सरकारले धेरै उपलब्धि गरेको छ : मन्त्री शर्मा
सरकारका प्रबक्ता एवम् सञ्चार तथा सूचनाप्रबिधि मन्त्री रेखा शर्माले सरकार सबै क्षेत्रमा आफ्नो उद्देश्यअनुरुप काम गर्न सफल भएको बताउनुभएको छ ।
पाथीभरामा केबलकार निर्माण सुरु गर्न स्थानीयको माग
ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरामा पुग्नेगरी केबलकार बन्ने कुराले चर्चा पाएको एक दशकभन्दा बढी समय भए पनि अहिलेसम्म निर्माण हुन नसकेकाले चाँडै काम सुरु गर्न स्थानीयले माग गरेका छन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आँच आउन दिनेछैन् : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने प्रतिबद्धता जनाउनुभएको छ । नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले विराटनगरमा शनिबार गरेको प्रजातन्त्र सेनानी सम्मान तथा उद्योगीको भेलालाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो प्रतिबद्धता जनाउनुभएको हो ।
मुलुकको तीव्र विकासका लागि डिजिटल पूर्वाधारमा लगानी बढाउनुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको तीब्र विकासका लागि डिजिटल पूर्वाधारमा लगानी बढाउनुपर्ने बताउनुभएको छ ।
सरकारी मिडिया सरकारको मात्र होइन : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी मिडिया सरकारको मात्र नभई, आम नागरिकको भएको बताउनुभएको छ । सरकारका कुरा जनतासम्म र जनताको आवाज सरकारसमक्ष पुगाउने काम सरकारी सञ्चार माध्यमको भएको उहाँको भनाइ छ ।
१६८ मुरी धान फलाएका किसान जोडीलाई ५० हजार पुरस्कार सहित सम्मान
पाँचवटा खेतमा फलेको एक सय ६८ मुरी धान जोख्ने काम सकिएपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका मकरबहादुर बम्जनको घरमा बुधबार स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो थियो । गलामा माला लगाएका मकरबहादुर अतिथिको सत्कारमै व्यस्त हुनुहुन्थ्यो ।
ताप्लेजुङमा सम्बन्ध विच्छेद गर्ने बढे
ताप्लेजुङमा सम्बन्ध विच्छेद गर्ने ह्वात्तै बढेका छन् । ताप्लेजुङ जिल्ला अदालतको तथ्याङ्कअनुसार पछिल्लो समय सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या ह्वात्तै बढेको हो ।
राष्ट्रपति पौडेल आज विराटनगर आउनु हुँदै
राष्ट्रपति रामचन्द्र पौडेल आज शनिवार विराटनगर आउदै हुनुहुन्छ । नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आयोजना गरेको प्रजातन्त्र सेनानीहरूको सम्मान तथा उद्योगीहरूको भेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
पाथीभरा केबलकार तेह्र महिनामा निर्माण गरिसक्छौं : ढकाल
पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले केबलकार निर्माणको काम सुरु गरेको तेह्र महिनाभित्र सम्पन्न गरिने बताउनुभएको छ।
नेपालको यात्रा उज्यालोतर्फ उन्मुख छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको यात्रा उज्यालोतर्फ उन्मुख भइरहेको बताउनुभएको छ ।
बालबालिकामा लागूऔषधको लत बढ्दै
दैनिक रुपमा बालबालिकामा लागूऔषधको लत बढ्न थालेको देखिएको छ । ज्योतिर्मय सामाजिक अभियान इलामले आयोजना गरेको लागूपदार्थ रोकथाम तथा नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीले कम्तिमा १२ वर्षकै उमेरदेखि चुरोट, खैनी र गाँजाको लत बसेको पाइएको बताएका छन् ।
सुशासन र सामाजिक न्यायका लागि काम गरिरहेको छु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सुशासन र सामाजिक न्यायको पक्षमा काम गरिरहेको बताउनुभएको छ । मोरङको मिक्लाजुङ–५ खोलिटारमा आयोजित जनतासँग माओवादी विशेष रुपान्तरण अभियानलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
तोरी खेतीप्रति किसानको आकर्षण
मोरङमा तोरी खेतीप्रति किसानको आकर्षण बढेको छ । जिल्लामा गत वर्षभन्दा पाँच हजार हेक्टरभन्दा धेरै जमिनमा तोरी लगाइएको कृषि ज्ञान केन्दले जनाएको छ । जिल्लामा कूल खेतीयोग्य जमिन एक लाख ११ हजार छ सय ९५ हेक्टर क्षेत्रफल छ ।
सिटौलालाई राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेद्वार बनाउन सिफारिस
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभा निर्वाचनका लागि उम्मेद्वार बनाउन सिफारिस गर्ने नेपाली कांग्रेस झापाले सर्वसम्मत रुपमा निर्णय गरेको छ।
शिक्षा अभियन्ता बेघाको सालिक अनावरण
समाज सुधारक भनेर चिनिनुहुने शिक्षा अभियान्ता स्वर्गीय कुमार हाङ बेघाको पूर्णकदको शालिक अनावरण गरिएको छ।
मन्त्री फेरेर भए पनि सरकारको कामलाई गति दिन्छु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्री फेरेर भए पनि सरकारको कामलाई गति दिने बताउनुभएको छ । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत आज नेकपा (माओवादी केन्द्र) मिक्लाजुङ –५ ले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण घोषणाको तयारी : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइसकेको बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डद्वारा इनरुवा सबस्टेसन समुद्घाटन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विद्युत प्राधिकरण इनरुवा सुनसरीको विद्युत सबस्टेसनको समुद्घाटन गर्नुभएको छ ।
युवा व्यवसायीद्वारा शैक्षिक सामग्री सहयोग
धनकुटा पाख्रिवासका एक युवाले स्थानिय विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् । धनकुटाको हिलेमा होटल व्यवसाय गर्दै आउनु भएका पाख्रिवास नगरपालिका–३ का सुवास तामाङ्गले विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो ।
विद्युत सबस्टेसनको उद्घाटन गर्न प्रधानमन्त्री सुनसरी आउँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सुनसरी आउँदै हुनुहुन्छ । नेपाल विद्युत प्राधिकरण इनरुवा सुनसरीको विद्युत सबस्टेसनको समुद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड सुनसरी आउन लाग्नुभएको हो ।
सभामुख चयन गर्नै गाह्रो
कोशी प्रदेशमा रिक्त रहेको सभामुख निर्वाचनको वातावरण बनाउन दलहरूले मुख्यमन्त्री केदार कार्कीलाई जिम्मा दिएका छन् । सभामुख पद रिक्त हुँदा लामो समयदेखि उपसभामुखको नेतृत्वमा सदन सञ्चालन भइरहेको र उपसभामुख अनुपस्थित हुँदा अध्यक्षता मण्डलका सदस्य