विष्णुप्रसाद पोखरेल
दमक, पुस ८ गते । झापाको दमकस्थित भुटानी शरणार्थी शिविरमा आइतबार बिहान आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । दमक ३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा बिहान करिब ३ बजेतिर आगलागि भएको हो ।
प्रहरीका अनुसार बेलडाँगी शरणार्थी शिविर सेक्टर सी फोर, छाप्रा नं.५३५ बस्ने भिमबहादुर घिमिरेको बाँसको टाटी बेरा र टिनको छानो भएको घरमा विद्युत सर्ट भई आगलागी भएको प्रारम्भिक अनुसन्धनबाट खुलेको छ ।
आगलागीबाट घिमिरेको आसपास रहेका अन्य २ वटा छाप्रा समेत जलेर नष्ट भएको छन् । आगलागीबाट घरभित्र रहेका लताकपडा, भाडावर्तन, अन्नपात सबै खरानी भएको बताइएको छ । दमक नगरपालिकाको दमकलको साहयतामा एक घण्टापछि आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकोछ ।