• १४ मंसिर २०८१, शुक्रबार

थ्रेसरमा च्यापिएर नुनुवाकाे मृत्यु

blog

विष्णुप्रसाद पोखरेल

दमक, पुस ४ गते ।  झापामा बुधवार बिहानै थ्रेसरमा च्यापिएर एक व्यक्तिको मृत्यु भएको छ । आफ्नै धानको कुन्यूमा थ्रेसर लगाउने क्रममा झापा गाउँपालिका वडा नं २ सुगाबथान बस्ने ५७ वर्षीय नुनुवा टुडूको थ्रेसरमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

स्थानीय चन्द्रदेव राजवंशीको प्र१–०१–००१ त ८०९२ नं को ट्याक्टरबाट टुडूले बिहान ५ बजेतिर थ्रेसर लगाउनुभएको जनाइएको छ । थ्रेसरमा परेर टुडुकाे  बीभत्स रूपमा मृत्यु भएको र घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

थ्रेसर तथा ट्र्याक्टर चालक फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताउनुभयो ।