• १८ असार २०८१, मङ्गलबार

आगलागीबाट ११ लाख बरावरको क्षति

blog

धनकुटा नगरपालिका–५ कर्मिटारका विश्वबन्धु थापाको घरमा भएको आगलागी । तस्बिर : कविराज घिमिरे

कबिराज घिमिरे 

हिले, पुस १ गते । धनकुटाको एक घरमा आगलागी हुँदा ११ लाख बराबरको क्षति भएको छ । आइतबार दिउँसो धनकुटा नगरपालिका–५ कर्मिटारका विश्वबन्धु थापाको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

घरनजिकै रहेको गोठमा खोले पकाउनेक्रममा सल्केको आगोबाट घरायसी सामानहरु लत्ताकपडा, अन्नपात, खाद्यान्न, भाँडाकुँडा, गाइगोठ र पराल गरी करिब ११ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।


धनकुटा नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा सो आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक अनिलकुमार शाहले जानकारी दिनुभयो ।