• १५ असोज २०८१, मङ्गलबार

पुसे मेलाको दुई दिन विदा

blog

सान्थाक्रास्थित मेरिङ्देन गाउँपालिका कार्यालय ।

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस १ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले पुसे मेलाका लागि दुई दिन सार्वजनिक बिदा दिएको छ । मेरिङ्देन र आठराई त्रिवेणी गाउँपालिकाको संगमस्थल दोभानमा प्रत्येक वर्ष लाग्दैआएको पुसेमेलाका लागि गाउँपालिकाले मङ्गलबार र बुधबार दुई दिन सार्वजनिक बिदा दिएको हो ।

गाउँपालिकाले आइतबार सूचना प्रकाशित गर्दै ऐतिहासिक मेलाका रूपमा स्थापित पुसे मेलाका लागि दुई दिन स्थानीय बिदा दिएको जनाएको छ । यसवर्ष मेला सुरु भएको ५० वर्ष पुगेको अवसरमा पुसे मेलालाई स्वर्ण महोत्सवका रूपमा मनाउन लागिएको छ । 

पुसे मेला स्वर्ण महोत्सव मनाउन सार्वजनिक बिदा दिने कार्यपालिकाले गरेको निर्णयअनुसार दुई दिन स्थानीय सार्वजनिक बिदा दिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रत्नेश्वरप्रसाद साहले जानकारी दिनुभयो । बिदामा पालिकाभित्रका सरकारी कार्यालय, सामुदायिक विद्यालय एवम् सङ्घ, संस्थाको आकस्मिकबाहेक सबै सेवा बन्द हुने पालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

मेरिङ्देन गाउँपालिका–३ खाम्लुङ र आठराई त्रिवेणी गाउँपालिका–५ चाँगेको संगमस्थल दोभान बजारमा पुसे आइतबारदेखि सुरु भएको छ । मेला पुस ५ गते बिहीबार सम्पन्न हुनेछ । पुसे मेलामा भलिबल प्रतियोगिता, साइकल दौड (साइकलिङ), तमोर नदीमा र्‍याफ्टिङ, साङ्गीतिक लगायतका कार्यक्रम सञ्चालन हुने पुसेमेला आयोजक समितिका संयोजक हेम श्रेङचोङ्बाङले जानकारी दिनुभयो ।