• १८ असार २०८१, मङ्गलबार

सफारी पल्टिँदा चालकको मृत्यु

blog

विष्णुप्रसाद पोखरेल

दमक, पुस २ गते । झापाको  मेचिनगर नगरपालिका –१० धुलाबारीमा सिटी सफारी दुर्घटना हुँदा  चालकको मृत्यु भएको छ । 

सोमबार बिहान उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १–०१–००२ ह ७६५ नम्बरको सिटी सफारी अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

सिटी सफारी पल्टिँदा मेचीनगर –९ बस्ने ४५ वर्षीय चालक बद्रीबहादुर बस्नेत गम्भीर घाइते भएपछि उपचारका लागि बीएण्डसी अस्पताल लगिएको थियो । 

टाउकोमा गम्भीर चोट लागेका चालक बस्नेतको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनाबारे  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।