• १४ मंसिर २०८१, शुक्रबार

सरकारी कार्यालयमा दोभाषे राखिने

blog

सचिन पोख्रेल

विराटनगर, पुस २ गते । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी सरकार मातहतका अस्पताललगायतका सरकारी कार्यालयहरूमा कार्यविधि बनाएर दोभाषे राख्ने बताएका छन् । राष्ट्रिय बहिरा महासङ्घ नेपाल, कोशीले बुझाएको ज्ञापन पत्र लिएपछि मुख्यमन्त्री कार्कीले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

प्रदेश सरकार मातहतका अस्पतालहरूमा राखेका दोभाषेलाई जिल्ला बहिरा सङ्घ मातहत राखेर परिचालन गर्न माग गरेपछि मुख्यमन्त्री कार्कीले कार्यविधि बनाएर प्रदेश मातहतका सरकारी कार्यालयलगायत प्रत्येक सार्वजनिक कार्यक्रममा दोभाषे राख्ने व्यवस्था गर्ने बताउनुभएको हो । 

प्रतिस्थापन विधेयकमार्फत आएको बजेटमा बहिरा समुदायका लागि बजेट व्यवस्थापन गर्ने उहाँको भनाइ छ ।मुख्यमन्त्री कार्कीले दोभाषेहरूको पेसागत सीप विकासका लागि सरकाले काम गर्ने उल्लेख गर्दै नीति नियम बनाउँदा बहिरा महासङ्घलाई सहभागिता गराउने विषयमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ ।