• १४ मंसिर २०८१, शुक्रबार

पहाडको सदुपयोग गर्न नसक्दा देश गरिब भयो : अध्यक्ष ओली

blog

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कार्यक्रममा ।

गोरखापत्र अनलाइन

काठमाडौं, मंसिर २९ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पहाडी क्षेत्रको सदुपयोग गर्न नसक्दा देश गरिबीको मारमा परेको बताउनुभएको छ । शुक्रवार तेह्रथुममा आयोजित महाकाली–मेची अन्तर्गतको सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले नेपाल मुलतः पहाडी देश भए पनि यसको उचित सदुपयोग गर्न नसकेको बताउनुभयो । उहाँले कृषिको आधुनिकीकरण, व्यवसायीकरण, वैज्ञानिक ढङ्गले आधुनिक प्रविधिको प्रयोग गरी खेतीकिसानी गर्न जरुरी रहेको बताउनुभयो । उहाँले उत्पादनका लागि प्रविधिको प्रयोग गर्न जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘वास्तवमा हाम्रो देश मुलतः पहाडी देश हो । आधाभन्दा बढी जनसङ्ख्या भएको पहाड, भूभाग पनि प्रशस्त भएको पहाड तर त्यसको सदुपयोग गर्न नसकेर हामी गरिबीको मारमा परेका छौँ । त्यसको सदुपयोग गरेमा हामी छिटै सम्पन्न हुन्छौं ।’ 

कृषिको आधुनिकीकरण गर्न, व्यवसायीकरण गर्न जरुरी रहेको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले वैज्ञानिक ढङ्गले, तरिकाले आधुनिक प्रविधिको प्रयोग गरी खेतीकिसानी गर्न जरुरी रहेको बताउनुभयो । ‘पुरानै ढङ्गले होइन, खेतीपाती, फलफूल, बालबालिका, पशुपालन वा अरु विषयका लागि प्रविधिको प्रयोग गर्नुपर्नेछ’ उहाँले भन्नुभयो । अध्यक्ष ओलीले देशलाई समृद्ध र सुखी बनाउन एमालेले प्रयत्न र प्रयास गरिरहेको बताउनुभयो ।