• १६ असार २०८१, आइतबार

एमाले नेतृत्वको सरकारले मात्रै विकास गर्न सक्छ: अध्यक्ष ओली

blog

हर्कपुरको सभामा उपस्थित नेकपा (एमाले) अध्यक्ष केपी ओलीसहितका शीर्ष नेता ।। तस्बिर : भक्तिविलास पोखरेल

भक्तिविलास पोखरेल 

घुर्मी (उदयपुर), मङ्सिर २६ गते।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समग्र आर्थिक विकास र समृद्धिका लागि एमाले नेतृत्वको सरकार आवश्यक भएको बताउनुभएको छ।  

एमालेले हाल सञ्चालन गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ को क्रममा मङ्गलबार उदयपुर र ओखलढुङ्गा जिल्लाको सीमा क्षेत्र हर्कपुरमा आयोजित जनसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो। 

अध्यक्ष ओलीले एमाले सरकारमा हँुदा जनताका दैनिक जनजीवकाका विषयसँगै मुलुकको समग्र विकास निर्माण घाम लागेजस्तो उज्यालो हुने र सरकारबाट हटेपछि झ्याप्प बत्ती निभेको जस्तो चारैतिर जनमानसमा अँध्यारोको सन्नाटा छाएको जस्तो अनुभूति हुने गरेको बताउनुभयो।  

पहिचान पक्षधरलाई उहाँले सामाजिक एकता सद्भाव बलियो भयोभने मात्रै देशले विकासको फड्को मार्न सक्नेसमेत बताउनुभो।  अध्यक्ष ओलीले एमालेसँग जोरी नखोज्न पहिचान पक्षधरलाई अनुरोध गर्दै सरकारको नेतृत्वमा बसेकाले नै जातीय सद्भाव भड्काउन खोजेको आरोप लगाउनु भएको छ। 


अध्यक्ष ओलीले अब हुने आम निर्वाचनमा एमालेलाई कुनै शक्तिले पनि सत्तामा जान रोक्न नसक्ने बताउनुभयो।  नेकपा (एमाले) कोशी प्रदेश कमिटीका उपसचिव देवान राईको अध्यक्षतामा भएको सो जनसभाको अवसरमा उदयपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्या अम्बर रायमाझीले उदयपुर क्षेत्र नम्बर २ को विकासमा जोड दिनुपर्ने भन्दै कटारी अस्पतालमा ५० शय्या र उदयपुर जिल्ला अस्पतालमा एक सय शय्याको अस्पताल बनाउन जोड दिएर ज्ञापनपत्र समेत अध्यक्ष ओलीलाई बुझाइएको छ।