आगलागीमा परी थप एकको मृत्यु
मोरङको विराटनगर महानगरपालिका-७ स्थित कवाडी पसलमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ ।
रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न
जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाको आयोजनामा पूर्वी पृतना हे.क्वा. इटहरी ब्यारेकमा सञ्चालित चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कोशीटप्पुमा बढ्दै पर्यटक
चराको राजधानी कोशीटप्पु वन्यजन्तु आरक्षमा आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन् । विगतका वर्षभन्दा यस वर्ष सुरुवाती चरणमै आन्तरिक र बाह्य पर्यटकको आगमन सुरु भएको हो ।
पूरा हुँदै घरको रहर
तीन जना नाबालक छोरा–छोरी साथ लिएर जीर्ण छाप्रोमा बस्दै आउनुभएकी फिदिम ५ की कोपिला सिवा अघिल्लो वर्ष बर्खाभर निदाउनु भएन । पानी पर्दा उहाँको घरमा छिरेर, छोरा–छोरी भिज्थे,ओछ्यान र अगेनो जोगाउन धौ–धौ पर्थ्यो । हिउँदमा ठिहि लाग्ने सिरेटो र शीत लहरले रातभर कठ्याङ्ग्रिनु पर्थ्यो । ‘नयाँ’ घर बनेकाले यो वर्ष पहिले जस्तो दुःख भएन, केटाकेटी लिएर मस्त निदाउन पाएकी छु घाम पानीको पिरलो नभएको’–उहाँले भन्नुभयो ।
वाम्बुले राई भाषाको कविता प्रतियोगितामा रेनुका प्रथम
किरात वाम्बुले राई भाषाको २४ औं कविता प्रतियोगितामा धरान उपमहानगरपालिका–५ की कवि रेनुका राई प्रथम हुनु भएको छ । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको २६ औं वार्षिकोत्सवको अवसरमा सुनसरीको धरानमा बुधबार सम्पन्न प्रतियोगितामा रेनुकाले बाजी मार्नु भएको हो ।
किवी फलका लागि ‘कुलबुट’ प्रभावकारी
किवी फल उत्पादन पछि भण्डारण गर्न नसक्दा घाटा सहन बाध्य भएका इलामका किसानका लागि ‘कुटबुट’ यतिबेला निकै प्रभावकारी भएको छ ।
किराँत गोल्ड कप : आयोजकलाई हराउँदै मोरङ फाइनलमा
आयोजक पाँचथर फुटबल क्लबलाई टाइब्रेकरमा ४–१ गोल अन्तरले हराउँदै मोरङको डाँगीहाट फुटबल क्लब पाँचथरमा जारी ‘प्रथम वाइवाई किराँत गोल्डकप २०८०’को फाइनलमा प्रवेश गरेको छ ।
कोशी प्रदेश सभा बैठक
कोशी प्रदेश सभाको आज बसेको बैठकमा ‘कोशी प्रदेश राजस्व सङ्कलनसम्बन्धी विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफल समाप्त भएको छ ।
गोदामघर आगलागी अपडेट : दुई जनाको मृत्यु
विराटनगर –७ स्थित सातघुम्ती रोडमा रहेको कवाडी गोदाममा भएको आगलागी घटनामा दुई जनाको ज्यान गएको छ ।
कवाडी गोदाममा आगो लाग्दा पाँच जना घाइते
विराटनगर ७ स्थित सातघुम्ती रोडमा रहेको कवाडी गोदाममा आगो लागेको छ। आगलागीमा परेर घाइते भएका पाँच जनालाई प्रहरीले उद्धार गरेको छ।
ताप्लेजुङ सिफारिस भएका शिक्षकलाई नियुक्तिपत्र प्रदान
खुला प्रतिस्पर्धाबाट छनोट भई ताप्लेजुङका लागि सिफारिस भएका माध्यमिक तहका शिक्षकलाई नियुक्तिपत्र प्रदान गरिएको छ ।
आँखा जाँच गरिएकामध्ये १२ प्रतिशतमा मोतिबिन्दु
झापाको कमल गाउँपालिकामा आयोजित आँखा शिविरमा आँखाको जाँच गरिएकामध्ये १२ प्रतिशतभन्दा बढीमा मोतिबिन्दु फेला परेको छ । स्थानीय इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाले २७ औं स्थापना दिवसको अवसरमा गरेको आँखा शिविरमा यस्तो भेटिएको हो ।
राजनीतिक दललाई विद्यालयका कक्षाकाेठा प्रयोग गर्न नदिने
झापाको कमल गाउँपालिकाले विद्यालय हल तथा कोठाहरू कुनै पनि राजनीतिक दलहरूलाई कार्यक्रम गर्न तथा बैठक बस्न उपलब्ध नगराउने निर्णय गरेको छ ।
‘नहुने भो राजा र रानीको भेट’
“अब राजा र रानीको भेट हुने सम्भावना टरेर गयो”, धनकुटाको चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले भन्नुभयो, “पहिला उचित पहल नभएकाले अब जोड्न सम्भव छैन ।” धनकुटा जिल्लाको पर्यटकीय गन्तव्य भन्नेबित्तिकै राजारानीमा रहेको राजारानी ताल पहिलो पङ्क्तिमा नाम आउँछ ।
जङ्गली हात्ती नियन्त्रण गर्न सभामुख घिमिरेको निर्देशन
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पछिल्लो समयमा झापासहित पूर्वी नेपालमा जङ्गली हात्तीका कारण भएको समस्या सामधानका लागि चासो राख्नुभएको छ।
भीरमा लडेर परियारको मृत्यु
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा भीरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । प्रहरीका अनुसार सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ५४ वर्षीय बुद्धिमान परियारको भीरमा लडेर मृत्यु भएको हो ।
हात्तीसँगै रत्तिएका छन् गैँडा
पूर्व नेपालको कोशीटप्पु वन्यजन्तु आरक्षमा दुई महिनाअघि मात्र चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरी ल्याइएका पुष्पा र अञ्जली नामका दुई वटा पोथी गैँडा त्यहाँस्थित कोशीकली र कुसाहाकली नामका दुई वटा हात्तीसँगै रत्तिएका छन् ।
गुणस्तरीय शिक्षाका लागि लगानी गर्दै युडब्लुएस नेपाल
ताप्लेजुङमा युनाइटेड वल्र्ड स्कूल (युडब्लुएस) नेपाल नामक संस्थाले गुणस्तरीय शिक्षा लक्षित परियोजनामा लगानी गर्ने भएको छ।
किराँत गोल्डकप : ताप्लेजुङसँग हिमालयन शेर्पा स्तब्ध
प्रतिस्पर्धी हिमालयन शेर्पा क्लब ४–३ गोल अन्तरले हराँउदै कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ पाँचथरको फिदिममा जारी ‘प्रथम वाइवाइ अन्तर्राष्ट्रिय आमन्त्रण किराँत गोल्डकप’को सेमिफाइनलमा प्रवेश गरेको छ ।
गणतन्त्रमै नागरिकको अवस्था परिवर्तन हुन्छ : सभापति देउवा
पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सङ्घीयतालाई राम्रोसँग चलाउन सके देश विकास गर्न सकिने बताउनुभएको छ। बिपी स्मृति भवन नेपाली कांग्रेस पार्टी कार्यालय र प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्न ओखलढुङ्गा आउनुभएका सभापति देउवाले यस्तो बताउनुभएको हो।
प्रदेश सभामा राजस्व सङ्कलनसम्बन्धी विधेयक प्रस्तुत
कोशी प्रदेश सभाको आजको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले ‘कोशी प्रदेश राजस्व सङ्कलनसम्बन्धी विधेयक, २०८०’ प्रस्तुत गर्नुभएको छ ।
स्थानीय उत्पादन विक्री नहुने समस्या अन्त्य गर्नुपर्छ : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले दुग्ध उत्पादक किसानका समस्या समाधानका लागि आफू आफ्नो क्षेत्रबाट लागि पर्ने प्रतिबद्धता जनाउनु भएको छ । मंगलबार झापाको अर्जुनधारामा आफ्ना क्षेत्रका दुग्ध उत्पादक किसानहरूसँग छलफल गर्दै उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।
उत्कृष्ट स्वास्थ्य स्वयंसेविकालाई सम्मान
इलामको रोङ गाउँपालिकाले २० औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस अवसरमा पालिकाका उत्कृष्ट छ जना स्वयंसेविकालाई सम्मान गरेको छ । पालिकामा आज आयोजित कार्यक्रममा प्रत्येक वडाका एक स्वयंसेविकालाई सम्मान गरिएको हो ।
श्रीमानको हत्या गर्ने श्रीमती पक्राउ
श्रीमानको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमतीलाई पक्राउ गरेको छ । ६० वर्षीय श्याम कुमार राईको हत्या गरेको अभियोगमा त्रियुगा नगरपालिका–५ दमौटी सुक्लाई बस्ने ४० वर्षीया निर कुमारी रैनीलाई मङ्गलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।