• १२ असोज २०८१, शनिबार

उत्कृष्ट स्वास्थ्य स्वयंसेविकालाई सम्मान

blog

रोङ गाउँपालिकामा आयोजित स्वास्थ्य स्वयंसेविका दिवसको कार्यक्रममा झोला वितरण गरिँदै ।

कोकिला ढकाल

इलाम, मङ्सिर १९ गते । इलामको रोङ गाउँपालिकाले २० औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस अवसरमा पालिकाका उत्कृष्ट छ जना स्वयंसेविकालाई सम्मान गरेको छ । पालिकामा आज आयोजित कार्यक्रममा प्रत्येक वडाका एक स्वयंसेविकालाई सम्मान गरिएको हो । 

सो अवसरमा पालिकाले स्वयंसेविकालाई झोला समेत वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बो र उपाध्यक्ष विष्णुमाया भुजेलले एक कार्यक्रमकाबिच उत्कृष्ट स्वयंसेविकालाई सम्मान प्रदान गर्नुभएको थियो । कार्यक्रममा स्वयंसेविकाबिच हाजिरीजवाफ प्रतियोगिता पनि सम्पन्न भएको छ ।

पालिकामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गतको कार्यक्रम पनि सम्पन्न भएको थियो । यसैबिच इलाम नगरपालिकाले पनि ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइएको छ । दिवसमा अवसरमा अपाङ्गता भएका नगरक्षेत्रभित्रका व्यक्तिहरूलाई शैक्षिक सामग्री, न्यानो कपडा, सहायक सामग्री, विशेष जुत्ता लगायत सामग्री वितरण गरिएको थियो । इलाम नगरपालिका उप–प्रमुख विष्णु दाहालसहित विभिन्न वडाका वडाध्यक्षहरूले अपाङ्गता भएका व्यक्तिलाई सामग्री हस्तान्तरण गर्नुभएको थियो ।