• २० वैशाख २०८१, बिहिबार

भीरमा लडेर परियारको मृत्यु

blog

ताप्लेजुङ, मङ्सिर २० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा भीरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । प्रहरीका अनुसार सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ५४ वर्षीय बुद्धिमान परियारको भीरमा लडेर मृत्यु भएको हो ।

सोमबार बिहान निस्कनुभएका परियार साँझ अबेरसम्म पनि घर नफर्किएपछि आफन्तले खोजी गरेका थिए । खोजी गर्ने क्रममा स्थानीय काफलडाँडा भीरको फेदीमा परियारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले जानकारी दिनुभयो । 

प्रहरी निरीक्षक लुङ्गेलीका अनुसार परियारको शवलाई पोस्टमार्टम गर्न प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक पुर्‍य ाइएको छ । बाटो हिँड्ने क्रममा उहाँको लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । यता घटनाबारे अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।


Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।